कालिका, भदाै २ । कालिका नगरपालिकामा “नेपालको दुग्ध क्षेत्रको रुपान्तरणका लागि Milkyway ” दुग्ध क्षेत्रको रुपान्तरणका लागि प्रबिधि र असल अभ्यास प्रबर्द्धन परियोजना बारे अभिमुखिकरण गरिएकाेछ ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. भरतपुरको आयोजनामा तथा हेफर प्रोजेक्ट नेपाल, हात्तिवन ललितपुरको आर्थिक सहयोगमा नगरपालिकाकाे कार्यालयमा अभिमुखिकरण तथा समन्वय बैठक गरेकाे हाे ।

चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर वगालेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नगर प्रमुख बिनाेद रेग्मी प्रमुख अतिथि रहेका थिए ।
नगर प्रमुख रेग्मीले किसानलाई तालिम तथा गोष्ठीमा मात्रै सीमित नराखी प्रत्यक्ष उत्पादन र आम्दानीमा जोड दिनुपर्ने बताए ।

उनले दुग्ध डेरी संस्थान मार्फत दुध खरिद बिक्री मात्रै नभई दुधबाट बन्ने अन्य परिकार उत्पादन र बजार व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेकोमा जाेड दिए ।
कालिका नगरपालिकाभित्र हाल ५०० भन्दा बढी घरधुरीमा गोबर ग्याँस प्रयोग नभएको उल्लेख गर्दै उनले आगामी दिनमा यसलाई प्रयोगमा ल्याउन आवश्यक रहेको बताए ।
साथै, नगरपालिकाले किसानका लागि नि:शुल्क घाँसका बिरुवा वितरण गरिरहेको भन्दै यस सेवाबाट लाभ लिन सबै किसानहरूलाई नगर प्रमुख रेगमीले आग्रह गरे ।
साे अवसरमा किसानको गोठ सुधार, दुधजन्य उत्पादनमा मूल्य अभिवृद्धि तथा बजार व्यवस्थापनका विषयमा समेत छलफल गरिएको थियो ।

कार्यक्रममा उपप्रमुख विमला तामाङ, प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाई, नगरका प्रवक्ता एंव वडा नम्बर २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, पशु सेवा शाखा प्रमुख पशुचिकित्सक डा.राजु प्रसाद न्यौपाने, पशु विकास अधिकृत ईश्वरी प्रसाद पौडेल लगाएतकाे सहभागिता रहेकाे थियाे ।








