मङ्ल, मंसिर २३, २०८२
Search
मङ्ल, मंसिर २३, २०८२

रत्ननगरमा अनेमसंघको तीज तथा जितिया : पार्टी निर्माणमा एकजुट हुन आग्रह

Share:
246

रत्ननगर, भदाै १ । पूर्वी चितवनको रत्ननगरमा अखिल नेपाल महिला संघ (अनेमसंघ) रत्ननगर नगर कमिटीको आयोजनामा तीज तथा जितिया पर्वको अवसरमा दरखाने तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।

रत्ननगर वडा नं १ को हरिहर ब्याङ्केटमा आयोजित उक्त कार्यक्रम नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ थपलियाले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले महिला दिदीबहिनीहरुको सक्रियाताले मात्र एमालेलाई पुरानै अबस्थामा फर्काउन सकिने भन्दै पार्टी निर्माणमा जुट्न आग्रह गरे ।

एमाले कमजोर भए देश कमजोर हुने भन्दै उनीहरुले सुखी नेपाली, समृद्ध नेपालको परिकल्पना साकार पार्न आगामी निर्वाचनमा एमालेको जीत आवश्यक रहेको बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता थपलियाले रत्ननगरमा पार्टीका महिला दिदीबहिनीहरूको उत्साहजनक सहभागिताले एमालेको प्रभाव अझै बलियो बन्दै गएको अनुभव भएको बताए ।

उनले नयाँ भनिएका राजनीतिक दलहरूले जनतालाई झूटा आश्वासन दिइरहेको आरोप लगाउँदै आगामी २०८४ को निर्वाचनमा एमालेले सबै तहमा जित हासिल गर्ने दाबी गरे ।

“तीजमा महिलाहरूले निराहार व्रत बसेर कठिन परिस्थितिको सामना गरेको जस्तै, हरेक तहमा मेहनत र लगनशीलता पार्टी निर्माणमा नुट्न सके एमालेलाई कसैले घेराबन्दी गर्न सक्दैन,” उनले भने ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य प्रभा बरालले देशका हरेक परिवर्तनमा महिलाहरूको प्रमुख योगदान रहेको भन्दै महिलाहरूको सहभागिता बिना कुनै पनि परिवर्तन सम्भव नरहेको बताइन् ।

उनले राष्ट्रपति विद्या भण्डारीले देशहितमा जारी अध्यादेशहरूमा निर्वाह गरेको नेतृत्वदायी भूमिकालाई स्मरण गराउँदै महिलाहरूलाई थप सक्रिय हुन प्रेरित गरिन् ।

कार्यक्रममा एमाले चितवन जिल्ला अध्यक्ष कमल पाठकले चौतर्फी घेराबन्दीका बीच एमाले आफ्नै रफ्तारमा अगाडि बढिरहेको भन्दै कुनैपनि शक्तिले एमालेलाई कमजोर बनाउन नसक्ने बताए ।

पार्टी जिल्ला उपसचिव ज्वाला पुरी वनले निर्वाचनमा निर्णायक शक्ति महिलाहरु रहेको भन्दै एमालेलाई काँखमा राखेर संरक्षण गर्न आग्रह गरिन ।

रत्ननगर नगर अध्यक्ष इश्वरी प्रसाद अर्यालले आगामी निर्वाचनमा रत्ननगरमा एमालेको नेतृत्व स्थापित गर्ने गरी कार्ययोजना बनाएर काम भइरहेको बताए ।

अनेमसंघ रत्ननगर नगर कमिटीकी उपाध्यक्ष सविता चौधरीको अध्यक्षतमा भएको कार्यक्रममा अखिल नेपाल महिला संघ जिल्ला सचिवाल सदस्य तथा नगर इन्चार्ज विमला सुवेदी खनालले स्वागत मन्तव्य राखेकी थिइन् ।

कार्यक्रममा सहभागी महिलाहरूले दर खाँदै, नाचगान र रमाइलो गर्दै उत्साहपूर्ण वातावरणमा पर्वको खुसी साटासाट गरे ।

कार्यक्रमको संचालन अनेमसंघ रत्ननगर नगर सचिव गीता सिंखडाले गरेकी थिइन् । उक्त कार्यक्रममा रत्ननगर क्षेत्रका विभिन्न वडाबाट ठूलो संख्यामा महिलाहरूको सहभागिता रहेको थियो ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।