चितवन, भदौ १ । नारायणगढ- मुग्लिन सडकखण्ड सुख्खा पहिरोले अबरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका ५ तुइनखोला स्थित सडक खण्डमा बिहान ४ः२० बजे पहिरो खसेर सडक अबरुद्ध भएको हो । अहिले दुई वटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।
सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएपछि केही बेरमा बाटो सूचारु गर्ने तयारी भइरहेको खनालले बताए ।








