बुध, बैशाख ९, २०८३
Search
बुध, बैशाख ९, २०८३

सौराहामा मनाईयो विश्व हात्ती दिवस : वनभोज स्वरुप मिष्ठान्न भोजन

Share:
247

रत्ननगर, साउन २७ । चितवनको पर्यटकीय नगरी सौराहामा मंगलबार हात्तीलाई वनभोज खुवाइएको छ । १४औं विश्व हात्ती दिवसको अबसरमा यहाँका ६० वटा हात्तीलाई मिष्ठान्न भोजनको रुपमा वनभोज खुवाइएको हो ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा हात्तीलाई लामबद्ध रुपमा राखेर उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन, स्याउ, फर्सीलगायत विभिन्न खानेकुरा खुवाइएको संस्थाका अध्यक्ष दीपेन्द्र प्रसाद खतिवडाले जानकारी दिए ।

हात्तीको पर्वको रुपमा लिएर सौराहाका व्यवसायीहरुले हात्ती दिवस मनाएका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत डा.गणेश पन्तले हात्तीलाई केक खुवाएर हात्ती वनभोजको उद्घाटन गरेका थिए ।

एक दिन भए पनि सबै प्रकारका खानेकुरा एकै समयमा सबै हात्तीलाई खुवाउँदा मनोरञ्जन हुनुका साथै हात्तीले पनि सबै खानाको स्वाद लिन पाउने भएकाले वनभोज कार्यक्रम राखिएको संस्थाका अध्यक्ष खतिवडाले बताए ।

‘जसरी हामी वनभोज खान जाँदा रमाउँछौँ’, त्यसरी नै हात्तीलाई मन पर्ने खानेकुरा खुवाउँदा हात्ती खुसी हुन्छन्,’ उनले भने, ‘राम्रो खुवाउने र स्याहार गर्नुपर्छ भन्ने सन्देश पनि हो यो ।’

उनले हात्तीलाई काम मात्र लगाउने होइन पालनपोषण पनि गर्ने गरिन्छ भन्ने सन्देश वनभोजले दिने बताए । धेरै हात्तीले एकै ठाउँमा खाना खाँदा रौनकता बढेको र पर्यटकले रमाउँदै दृश्यावलोकन गरेको उनले बताए ।

मानिस र जनावरबीचको सम्बन्ध राम्रो बनाउन वनभोज महत्वपूर्ण रहेको अध्यक्ष खतिवडाले बताए ।

कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत डा.गणेश पन्तले जंगली हात्ती र निजी हात्तीको अन्तरसम्बधले हात्ती संरक्षणमा भूमिका खेलिरहेको भन्दै उनले पर्यटनमा प्रयोग भएका निजी हात्ती संरक्षणमा निकुञ्ज जिम्मेवार रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय पंछीरोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा.विजय कुमार श्रेष्ठ, वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ, वडा नं ७ का वडाध्यक्ष सजना महतो लगायतले मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष खतिवडाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संस्थाका उपाध्क्ष तथा कार्यक्रम संयोजक शम्भू प्रसाद मालीले स्वागत मन्तव्य राखेका थिए ।

नेपालमा करिब ४०० को हाराहारीमा हात्ती रहेको अनुमान छ । चितवनमा सरकारी ६० वटा र निजी स्तरमा ४५ वटा हात्तीहरु छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा, बाघमारा, चित्रसेन, कुमरोज सामुदायिक वन, क्षेत्रीय होटल संघ चितवन सौराहा, रेवान सौराहा, ग्रिन सोसाइटी नेपाल र रत्ननगर वडा नं ४,५,६,७ र ८ वडा कार्यालयको सहयोगमा हात्ती दिवन मनाइएको हो ।

बाघमारा, कुमरोज र चित्रसेन मध्यवर्ती सामुदायिक वनका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको कार्यक्रम संयोजक मालीले जानकारी दिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।