मङ्ल, चैत्र ३, २०८२
Search
मङ्ल, चैत्र ३, २०८२

मुख्यमन्त्री बानियाँलाई मत दिन कांग्रेसको ह्वीप

Share:
185

मकवानपुर, २५ साउन । नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलले दलका नेता एवम् मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा शनिबार काठमाडौँमा बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।

सो संसदीय दलको बैठकले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम बाग्मती प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्न प्रदेशसभाको यही साउन २७ गते मङ्गलबार दिउँसो ४ः०० बजे बस्ने गरी आह्वान गरेको छ । उक्त बैठकमा आफ्ना सदस्यहरुलाई अनिवार्य उपस्थिति हुन, तटस्थ नहुन र विश्वासको मतको पक्षमा मतदान गर्न नेपाली कांग्रेसको संसदीय दलको विधान २०७४ को धारा १२ को उपधारा ६ बमोजिम गर्न ह्वीप जारी गरिएको छ ।

यसैगरी, सो बैठकले संसदीय दल कार्यसमिति गठन गरेको छ । प्रदेश सदस्यहरु श्रीराम लामिछाने, सुना परियार, मीनकृष्ण महर्जन, सुरजचन्द्र लामिछाने तथा नेपाली कांग्रेस बागमती प्रदेश समितिको महामन्त्रीद्वय राजु श्रेष्ठ र कन्चनचन्द्र बादे सदस्य रहेका छन् ।

यसैगरी, सो बैठकले तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ । सो समितिमा छिरिङदोर्जे लामा, बिनु रायमाझी पौडेल र सुरजचन्द्र लामिछाने रहनुभएको छ । रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।