बिहि, भदौ २५, २०८३
Search
बिहि, भदौ २५, २०८३

कालिकामा मनसुनपूर्व विपद् व्यवस्थापन सचेतना

Share:
377

रत्ननगर, साउन २३ । कालिका नगरपालिकाको वन वातावरण तथा विपद् व्यवस्थापन समितिको आयोजनामा मनसुनपूर्व विपद् व्यवस्थापन सचेतना कार्यक्रम गरिएको छ। लुमन्ती संस्थाको सहयोगमा सञ्चालित कार्यक्रममा कालिका नगरपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का वडा स्तरीय विपद् व्यवस्थापन समिति, जोखिममा रहेका टोल विकास संस्था तथा प्रभावित समुदाय, वाल संजालकाका प्रतिनिधि र स्काउट विद्यार्थीहरूको सहभागिता थियो।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा बोल्दै नगर प्रमुख विनोद रेग्मीले विगतका वर्षहरूमा मनसुनजन्य विपदका कारण नगरपालिकाभित्र जनधनको ठूलो क्षति भएको उल्लेख गरे। “गत वर्ष मात्र बाढीका कारण तीन जनाले ज्यान गुमाउनु पर्‍यो,” मेयर रेग्मीले भने, “यस्ता क्षति दोहोरिन नदिनका लागि पूर्व तयारी अत्यन्त आवश्यक छ।”

कार्यक्रमको अध्यक्षता वन वातावरण तथा विपद व्यवस्थापन समिति सभापति तथा वडा नं. ३ का अध्यक्ष वीरेन्द्र तामाङले गरेका थिए भने कार्रक्रममा प्रशिक्षण वन वातावरण शाखा प्रमुख राजेश कोइरालाले दिएका थिए।

कार्यक्रममा नगर उपप्रमुख बिमला तामाङ, नगर प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष लक्ष्मण पौडेल, वडा नं. १ का अध्यक्ष सन्तवीर स्याङदान, वडा नं. ४ का अध्यक्ष माकरमान श्रेष्ठ लगायत विभिन्न शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्देश्य मनसुनजन्य विपद् पूर्व तयारीका लागि स्थानीय तह, सरोकारवाला निकाय र समुदायलाई सुसूचित गर्दै आवश्यक तयारीका कार्यहरू गर्न प्रोत्साहित गर्नु रहेको आयोजकले जनाएका छन्।

Picture of लगातार नेपाल

लगातार नेपाल

Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।