बुध, पुस ३०, २०८२
Search
बुध, पुस ३०, २०८२

व्यवसायी दुर्गा प्रसाई धरौटीमा रिहा

Share:
105

काठमाडौँ, २० साउन । पाटन उच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाई डिल्लीबजार कारागारबाट रिहाइ भएका छन् । सोमबार सो अदालतले दुई वटा मुद्दामा प्रसाईसँग रु २८ लाख धरौटी माग गरेको थियो ।

उच्च अदालतले प्रसाईलाई तीनकुने घटनाका सम्बन्धमा रु तीन लाख र बैंकिङ कसुर मुद्दामा रु २५ लाख धरौटी माग गरेको थियो । अदालती प्रक्रिया पूरा भएपछि कारागारले सोमबार राति प्रसाईलाई रिहा गरेको हो ।

पाटन उच्च अदालतका न्यायाधीशद्वय टङ्कप्रसाद गुरुङ र डिल्लीराज श्रेष्ठको संयुक्त इजलाशले प्रसाईसहित सुशील बराल, डण्डपाणि रेग्मी, तारा राजावादी भन्ने सरोज गौतमलाई धरौटी माग गरेको थियो ।

काठमाडौँ जिल्ला अदालतले यसअघि प्रसाईलाई राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, बज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा थुनामा पठाउने आदेश दिएको थियो । सो आदेशविरुद्ध प्रसाईले उच्च अदालतमा निवेदन दिएका थिए । त्यस्तै, पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको संयुक्त इजलाशले पनि बैंकिङ कसुर मुद्दामा धरौटी माग गरेको थियो । रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।