रत्ननगर । सस्पेन्स, थ्रीलरको साथमा प्रेम, विछोड र बदलाको कथामा तयार भएको फिल्म ‘मोहर’ को प्रदर्शन मिति नजिकिँदै जाँदा यसको प्रचारप्रसार झनै तिव्र भएको छ ।
श्रावण २३ गतेबाट रिलिज हुन लागेको ’मोहर’ को सफलताको लागि नायक पल शाहले चितवनको खैरहनी स्थित म्याङ्गो चलचित्र हलमा केक काटेका छन् ।
उनीहरूसँगै फिल्मका मुख्य सहायक निर्देशक गिरिराज घिमिरे, चलचित्रका गायक, सङ्गीतकार थानेश्वर गौतम पनि सहभागी थिए । नायक पल शाह अभिनित चलचित्र ‘मोहर’ यहि श्रावणको २३ गतेबाट देशैभर प्रदर्शनमा आउदैछ । देउकी प्रथालाई मुख्य विषयवस्तु बनाएको यो चलचित्रमा उनी मुख्य भूमिकामा छन्।
केहिदिन अगाडि यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो। सार्वजनिक ट्रेलरले यतिबेला चलचित्रप्रति दर्शकको चासो बढाएको छ भने यता, नायक पल शाहले पनि राम्रै चर्चा बटुलिरहेका छन्।
रिलिज तयारीमा रहेको यो फिल्मलाई फिल्म मेकर्स प्रालिको व्यानरमा निर्माण गरिएको हो । फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ । चुम्बनजंग शाही फिल्मका निर्माता हुन् ।
ट्रेलरमा कलाकार पल शाह, बेनिशा हमाल, नीति शाह, लक्ष्मी गिरी, अर्जुनजंग शाही सारा शर्मालाई चित्रण गरिएको छ ।
देउकी प्रथालाई मुख्य बिषयवस्तु बनाएको फिल्मको ट्रेलरमा थुप्रै आरोह अवरोह देखिन्छ । पलको बेनिशा र नीतिसँगको प्रेमले पनि अर्थपूर्ण कथा भन्न खोजेको देखिन्छ ।
दुई गीत र टिजर चर्चामा रहेको समयमा ट्रेलरलाई पनि दर्शकले निकै रुचाएका छन्। यसमा आएका अधिकाश प्रतिक्रियाहरु सकारात्मक छन्।
यता, नायक पल शाहले चलचित्रको व्यापक प्रचारप्रचार पनि गरिरहेका छ। जसलेगर्दा, उनी यो चलचित्रप्रति निकै आशावादी रहेको बुझ्न सकिन्छ। यो चलचित्रको लागि पलले गरेको कडा मिहेनत देख्दा लाग्छ, ‘मोहर’ले पललाई फर्काउने पक्का छ। र, उनी यो चलचित्रबाट फर्किन जरुरी पनि देखिन्छ।
किनकि, केहि निर्देशक र निर्माताले पल शाह माथी गरेको विश्वास घातलाई चिर्न, दर्शकप्रति गुमेको विश्वास फर्काउन र बक्स अफिसमा आफूलाई बलियो साबित गर्न ‘मोहर’ उनी आफैका लागि चुनौतिपूर्ण चलचित्र हो। यदी, यो चलचित्रले यी चुनौती पार गर्न सकेको खण्डमा पलले राम्रै नतिजा हासिल गर्नेमा कुनै दुइमत छैन् ।
भिडिओ हेर्नुहोस् :








