शनि, मंसिर २७, २०८२
Search
शनि, मंसिर २७, २०८२

शेखरको स्पष्टीकरण- सरकार फेरबदलको खेलमा लागेको छैन, दलको नेता फेर्ने अंकगणित मसँग छैन

Share:
214

काठमाडौं, साउन १४ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन गर्ने खेलमा आफू नलागेको बताएका छन् ।

बुधबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले मुलुकको समस्या समाधानका लागि आफूले अन्य दलका नेताहरूलाई भेट गरेको बताए ।

तर आफूले सरकार परिवर्तनका लागि कुनै छलफल नगरेको पनि स्पष्टीकरण उनले दिएका छन्। कोइरालाले कांग्रेस संसदीय दलको नेता परिवर्तन गर्न संख्या चाहिने बताउँदै आफूहरूसँग त्यो नभएको उल्लेख गरेका छन् ।

कोइरालाले वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसके पनि अर्को बन्ने सम्भावना नरहेकाले वर्तमान गठबन्धनले २०८४ को निर्वाचन गराउने बताएका छन् ।

नेता कोइरालाले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्कन नहुने आफ्नो स्पष्ट धारणा रहेको बताउँदै संविधानले यस विषयमा नबोलेकोले संशोधन आवश्यक रहेको उल्लेख गरे ।

कोइरालले वर्तमान गठबन्धन सरकारले संविधान संशोधनलाई प्राथमिकतामा राखे पनि अहिलेसम्म त्यसका लागि कार्यदल नबनाएको गुनासो गरे ।

निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ अनिवार्य राख्नु पर्ने बताउँदै उनले यसमा राजनैतिक दलका शीर्ष नेताहरूले चलखेल गरिरहेको आरोप पनि लगाएका छन् ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।