बुध, बैशाख ९, २०८३
Search
बुध, बैशाख ९, २०८३

चितवन निकुञ्जको सौराहा क्षेत्रमा गोबिन्दे हात्तीको आक्रमणबाट नेपाली सेना घाईते

Share:
727

चितवन, साउन १४ । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्र नजिकै रहेको पोस्टबाट डिउटी सकेर फर्किँदै गरेका नेपाली सेनाका एक हवल्दारलाई जंगली हात्ती गोविन्देले आक्रमण गरी घाइते बनाएको छ ।

निकुञ्ज स्रोतका अनुसार बुधबार बिहान ७ बजे सौराहाबाट डेढ किलोमिटर पर रहेको मचानबाट रातिको डिउटी सकेर कछुवानी पोस्टतर्फ फर्कँदै गरेका ४ जना सैनिकलाई गोविन्देले आक्रमण गरेको थियो ।

एक्कासी जम्काभेट भएको गोविन्दले पैदल फर्किँदै गरेका सेनामाथि आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट ३८ वर्षीय नन्दबहादुर सिंह घाइते भएका हुन् ।

सिंहमाथि आक्रमण गर्ने बित्तिकै सेनाले ३ राउन्ड हवाई फायर गरेको थियो । हवाई फायरपछि गोविन्दे भागेको थियो । घाइते सिंहको हात र ढाडमा चोट लागेको छ ।

उनको रत्ननगर बकुलहर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

कछुवानी पोस्टमा ११ जना सैनिक बस्दै आएका छन् । यसअघि, सेना तथा निकुञ्जको टोलीमाथि आक्रमण गर्न आएपछि सेनाले हानेको गोली लागेर जंगली हात्ती मकुनाको मृत्यु भएको थियो ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।