शनि, बैशाख ५, २०८३
Search
शनि, बैशाख ५, २०८३

विलबिजक नभएको काँचो केरा सहितचार जना नियन्त्रणमा पक्राउ

Share:
86

सुनसरी, वैशाख ५ । सुनसरी हरिनगर गाउँपालिका–४ भुटहा बजारबाट प्रहरीले ११ लाख रुपैयाँभन्दा बढीको काँचो केरासहित चार जनालाई शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गाडिका चालक मोरङग रतुवामाई गाउँपालिका–८ का २२ वर्षीय प्रल्हाद दाहाल, मोरङग उर्लाबारी नगरपालिका–८ का २४ वर्षीय ज्ञानबहादुर भट्टराई, सुनसरी भोक्रा हानरसिंह गाउँपालिका–२ का २७ वर्षीय सेराज मियाँ र कोशी गाउँपालिका–८ भण्टाबारीका ६० वर्षीय रामेश्वर दास रहेको जिल्ला प्रहरी कार्यालयका सुनसरीका प्रहरी उपरीक्षक केशबकुमार थेबेले जानकारी दिनुभयो ।

सूचनाको अधारमा खटिएको प्रहरीको टोलीले घुस्कीबाट इनरुवातर्फ आउँदै गरेको प्र १–०२–००२ च ७४४९ र प्र १–०१–००२ च १८०१ नम्बरको पिकअप गाडीलाई जाँच गर्दा विलबिजक नभएको काँचो केरासहित नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो ।

बरामद भएको सामग्रीको ११ लाख २० हजार रुपैयाँ मुल्याङ्कन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बरामद भएको केरा र सवारी आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेज बुझाइएको प्रहरीले जनाएको छ । रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।