मङ्ल, मंसिर २३, २०८२
Search
मङ्ल, मंसिर २३, २०८२

संसदीय दलको नेताबाट हटाइएपछि लामाले भने– गोप्य मतदान हुन्छ, त्यहाँ हेरौँला

Share:
228

काठमाडौं, साउन १३ । वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आफूलाई संसदीय दलको नेताबाट हटाइएको विधिमै प्रश्न उठाएका छन् । लामालाई मंगलबार (साउन १३) वाग्मती कांग्रेस संसदीय दलको बैठकबाट अविश्वास प्रस्ताव पारित गरी नेताबाट हटाइएको हो । गएको शुक्रबार (साउन ९) उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो ।

अविश्वास प्रस्तावमा प्रदेशसभा सदस्य इन्द्र बानियाँका पक्षमा २२ र लामाका पक्षमा १५ मत परेको थियो । लामाले आफ्नो पक्षमा बहुमत नभएसँगै नेता पद रिक्त भएको स्वीकार गरेका छन् ।

तर, हालको प्रक्रिया लोकतान्त्रिक भएरनभएको भन्ने प्रश्न रहेको उनले बताए । गोप्य मतदानमा त्यसको मूल्यांकन हुने उनको भनाइ छ ।

“नेपाली कांग्रेस पार्टी लोकतान्त्रिक विधिमा विश्वास गर्ने पार्टी हो । त्यसले गर्दा अहिलेको प्रक्रियामा लोकतान्त्रिक विधिको प्रक्रिया पुग्योरपुगेन हेर्न बाँकी नै छ,” लामाले भने, “दलको नेता रिक्त भएपछि चुनावी प्रक्रिया अघि बढ्छ । त्यहाँ गोप्य मतदान हुन्छ, त्यहाँ हेरौँला ।”

उनले आफूविरुद्धको अविश्वास प्रस्ताव लोकतान्त्रिक विधिअनुरूप थियोरथिएन भन्ने परीक्षण गोप्य मतदानमा हुने बताए । खुला रूपमा सांसदले तटस्थ मत व्यक्त गर्न नपाएको लामाले जिकिर गरे ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।