मङ्ल, मंसिर २३, २०८२
Search
मङ्ल, मंसिर २३, २०८२

चितवनको विद्युत् समस्या चाँडै समाधान हुने

Share:
346

चितवन, ११ साउन । रोपाइँको याममा खडेरी परेपछि मोटरबाट पानी तान्ने, गर्मीका कारण एयरकण्डिसन, पङ्खालगायत विद्युतीय सामग्रीको उपभोग अत्यधिक बढ्दा चितवनमा विद्युत् भार व्यवस्थापन गर्न कठिन भएको छ ।

मुख्य गरी पश्चिम चितवनको चनौली सवस्टेशनमार्फत वितरण गरिएको विद्युत्मा बढी भार परेको हो । विद्युत् भार बढेसँगै नेपाल विद्युत् प्राधिकरणले व्यवस्थापनका लागि केही दिन आलोपालो विद्युत् मिलाएर भार व्यवस्थापनको काम थालेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयका प्रमुख जीतेन्द्रकुमार झाका अनुसार प्राविधिक काम भइरहेकाले यही साउन १५ गतेभित्र काम सम्पन्न गरी भारको समस्या समाधान हुने बताउनुभयो ।

डिभिजन प्रमुख झाले पूर्वी चितवनको हर्दीमा रहेको २४ मेगावाट विद्युत् जडानको काम सोमबारसम्म सकिने जानकारी दिनुभयो । विद्युतको समस्या भरतपुर र माडीमा मात्रै नभएर पूर्वी चितवनका टाँडी, पर्सा भण्डारा लगायतका क्षेत्रमा रहेको उहाँले बताउनुभयो । हर्दी स्टेशन चलेपछि चितवनका विभिन्न क्षेत्रमा देखिएको समस्याको धेरै समाधान हुने उहाँले जानकारी दिनुभयो ।

प्रमुख झाले भन्नुभयो, “हामी हर्दी स्टेशनबाट विद्युत् दिएर भरतपुर, पर्साको लोड घटाउने र हर्दीबाट भरतपुरको देवनगर सवस्टेशनमा विद्युत् पठाउने काममा लागि रहेका छौँ ।” देवनगर स्टेशन ३३ केभिएबाट सिधैँ जगतपुरमा लाइन सप्लाई गरेर अहिले भइरहेको चनौलीको लोडलाई कम गराउने उहाँले बताउनुभयो ।

यो तत्कालिन समस्या समाधान गरेर दीर्घकालीन रुपमा भरतपुर–चैनपुर ३३ केभिएको काम सम्पन्न गरेर समाधान गरिने झाले बताउनुभयो । सो आयोजनाको ८० प्रतिशत काम सम्पन्न भइसकेको भन्दै उहाँले छ महिनाभित्रमा काम सम्पन्न भएर दीर्घकालीन समाधान हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले लोडसेडिङ गरेका होइनौँ, केही दिनका लागि लोड व्यवस्थापन र लाइन विस्तारका लागि आलोपालो मिलाएका हौँ ।” तार तान्ने र मर्मतको काम भइरहेको भन्दै प्रमुख झाले अन्य विपत्ति नआएमा साउन १५ गतेबाट जिल्लाको विद्युत्को समस्या समाधान हुने बताउनुभयो ।

शनिबार नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा आलोपालो विद्युत् तालिका सार्वजनिक गरेपछि चौतर्फि आलोचना भएको छ । ‘लोडसेडिङको तालिका सार्वजनिक गरेको’ भन्दै सर्वसाधारणले विरोध जनाएका छन् । रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।