बिहि, बैशाख ३, २०८३
Search
बिहि, बैशाख ३, २०८३

सौराहामा ‘भ्यू’ चितवनको चौथो सम्मेलन : डा. अभि सुवेदी सम्मानित

Share:
233

रत्ननगर, साउन ११ । अङ्ग्रेजी शिक्षकहरूको सङ्गठन ‘भिलेज अफ इङ्लिस राइटर्स’ (भ्यू) चितवनले आफ्नो चौथो राष्ट्रिय सम्मेलन शनिबार सौराहामा सम्पन्न गरेको छ।

‘साहित्य, पर्यावरण र संरक्षण’ विषयलाई केन्द्रमा राखेर आयोजित उक्त सम्मेलनमा अङ्ग्रेजी साहित्य र शिक्षण क्षेत्रमा विशिष्ट योगदान पुर्याएका प्राध्यापक डा. अभि सुवेदीलाई २५ हजार रुपैयाँ राशिको पुरस्कारसहित सम्मानित गरिएको छ।

संस्थाका पूर्वअध्यक्ष ईश्वर कँडेलले आफ्ना बुबाको स्मृतिमा ‘युवराज कँडेल स्मृति पुरस्कार’ स्थापना गरेका हुन्। अङ्ग्रेजी शिक्षणका साथै नेपाली र अङ्ग्रेजी साहित्यमा डा. सुवेदीले पुर्याएको योगदानको कदर गर्दै ‘युवराज कँडेल स्मृति पुरस्कार’ प्रदान गरिएको ‘भ्यू’ चितवनका सचिव चेतराज सुवेदीले बताए।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित कृषि तथा वन विश्वविद्यालयकी उपकुलपति प्रा. डा. शारदा थपलियाले सम्मानित व्यक्तित्व डा. सुवेदीको योगदानको उच्च प्रशंसा गर्दै बधाई दिइन्।

उनले डा. सुवेदीको साहित्यिक र शैक्षिक क्षेत्रमा पुर्याएको योगदानले नेपालको अङ्ग्रेजी साहित्य र शिक्षणलाई नयाँ उचाइमा पुर्याएको बताइन्। सम्मेलनमा विभिन्न विशिष्ट व्यक्तिहरूले आ-आफ्ना विचार राखे। प्राध्यापक एल.बी. क्षेत्री, न्यू क्यापिटल कलेजका प्राचार्य भूपेन्द्र धिताल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक जीवलाल सापकोटा, डेजी स्कूलका प्राचार्य प्रेम रिमाल, सेन्ट्रल कलेजका प्राचार्य यज्ञविलास पौडेल (वाइ.बी.) र अन्नपूर्ण स्कूलका प्राचार्य बटुकलाल तमाङले कार्यक्रममा आफ्ना मन्तव्य व्यक्त गरे।

साथै, बाबुराम खनालले सम्मानित व्यक्तित्व प्रा. डा. अभि सुवेदीको योगदान र व्यक्तित्वबारे प्रकाश पारे। सम्मेलनमा चितवन जिल्लाका विभिन्न विद्यालयका अङ्ग्रेजी शिक्षकहरूको उल्लेखनीय सहभागिता थियो। सहभागीहरूले साहित्य, पर्यावरण र संरक्षणको अन्तरसम्बन्धबारे छलफल गर्नुका साथै अङ्ग्रेजी शिक्षण र साहित्यको विकासका लागि नयाँ रणनीति र विचार प्रस्तुत गरे।

कार्यक्रममा संस्थाका अध्यक्ष डा. केशव चालिसेले ‘भ्यू’ चितवनको उद्देश्य, गतिविधि र सम्मेलनको महत्त्वबारे विस्तृत जानकारी दिए। स्वागत मन्तव्य विश्वराज सुवेदीले राखे भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव चेतराज सुवेदीले गरे। ‘भ्यू’ चितवनले विगतका वर्षहरूमा पनि यस्ता सम्मेलनमार्फत अङ्ग्रेजी शिक्षकहरूको पेशागत विकास र साहित्यिक गतिविधिलाई प्रोत्साहन गर्दै आएको छ।

यो सम्मेलनले शिक्षकहरूबीच नेटवर्किङ, अनुभव आदानप्रदान र साहित्यिक–शैक्षिक छलफलको मञ्च प्रदान गरेको आयोजकले जनाएको छ। यो चौथो राष्ट्रिय सम्मेलनले अङ्ग्रेजी साहित्य र शिक्षण क्षेत्रमा नयाँ बहस र सहकार्यको ढोका खोलेको छ।

साथै, प्रा. डा. अभि सुवेदीको सम्मानले नेपाली साहित्य र शिक्षण क्षेत्रमा उनको योगदानलाई थप उजागर गरेको छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।