मङ्ल, चैत्र ३, २०८२
Search
मङ्ल, चैत्र ३, २०८२

शंकर पोखरेलको तर्क- सदस्यता नवीकरण रोकेर पूर्वराष्ट्रपतिलाई देशकै अभिभावकको भूमिकामा फर्कायौँ

Share:
229

काठमाडौं, साउन ११ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता उनको सम्मानका लागि नवीकरण नगरिएको जिकिर गरेका छन् ।

लोकतान्त्रिक आदिवासी जनजाती महासंघद्वारा काठमाडौंमा आयोजित जातीय घटक संघहरूको विस्तारित बैठकमा आइतबार सम्बोधनका क्रममा पोखरेलले यस्तो तर्क गरेका हुन् ।

महासचिव पोखरेलले नीति र विधिको छलफल हुने नवौँ केन्द्रीय कमिटी बैठकमा सञचार माध्यम र सामाजिक सञ्जालको हल्लका कारण पूर्वराष्ट्रपतिको सदस्यता नवीकरणको विषयले अचानक प्रवेश पाएको बताए ।

पूर्वराष्ट्रपति जस्तो सम्माननीय व्यक्ति पार्टी राजनीतिकमा आउन नहुने तर्क उनले गरे । ‘हल्लाकै भरमा चर्चामा आएको त्यही विषय पेचिलो बन्दै गएपछि केन्द्रीय कमिटी बैठकले छलफलको विषय बनाएर निचोडमा पुर्‍याउनु पर्ने अवस्था आयो’, उनले भने, ‘नेपाली सेनाको सुरक्षामा रहने पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राष्ट्रको अभिभावकीय भूमिकामा राखिरहनुपर्ने निचोडमा पार्टी रहेको थियो ।’

तर पनि पूर्वराष्ट्रपति भण्डारीले नै जोडबल गरेर आउन खोज्दा विषय पेचिलो बनेको उनको तर्क छ । ‘पार्टीको सक्रिया राजनीतिमा आउने विषयलाई महामहिम पुर्वराष्ट्रपति भण्डारीले पेचिलो बनाएपछि उहाँको सदस्यता नवीकरण नगर्ने निचोडमा बैठक पुगेको हो’, उनले अगाडि भनेका छन् ।

पोखरेलले राष्ट्रपतिबाट बिदा भएपछि भण्डारीले सदस्यता नवीकरण प्रक्रिया अघि बढाएको जिकिर गरे । ‘उहाँ ९विद्या भण्डारी०ले पार्टी सदस्यता नवीकरण प्रक्रिया अघि बढाउनु भएको थियो’, उनले भने, ‘पार्टीको भर्खरै सम्पन्न केन्द्रीय कमिटी बैठकले त्यो प्रक्रिया विधिसंगत नभएको ठहरसहित रद्द गरेपछि अब उहाँ कुनै पार्टीकोभन्दा राष्ट्रिय व्यक्तित्व र अभिभावकका रुपमा रहनु भएको छ ।’

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।