मङ्ल, मंसिर २३, २०८२
Search
मङ्ल, मंसिर २३, २०८२

एक वर्षमा २३ सय ६९ प्रहरीले दिए राजीनामा

Share:
121

काठमाडौं, साउन ११ । प्रहरी कर्मचारीमा जागिरप्रतिको मोह घट्दै गएको छ । आइतबार प्रहरी प्रधान कार्यालयले गरेको पत्रकार भेटघाटका क्रममा प्रस्तुत गरेको तथ्यांकले सोही कुरा देखाएको हो ।

प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले प्रस्तुत गरेको तथ्यांकअनुसार गएको आर्थिक वर्ष २०८१/८२ मा दुई हजार ३६९ जनाले राजीनामा दिएको उल्लेख गरेका छन् । राजीनामा दिनेहरूमा कार्यालय सहयोगीदेखि प्रहरी अधिकारीसम्मका छन् ।

बढुवा र पदस्थापना सात हजार ४०० जना र सरुवा २१ हजार २२४ रहेको जानकारी दिए । राजीनामा दिनेमध्ये सिनियर प्रहरी अधिकृत ४०१ जना, अन्य दर्जाका एक हजार ९४९ जना रहेका प्रवक्ता घिमिरेले बताए ।

‘यो आर्थिक वर्षमा नयाँ नियुक्ति पदस्थापना दुई हजार ७१७ जना, बढुवा र पदस्थापना सात हजार ४०० जना र सरुवा २१ हजार २२४ रहेको छ । दुई हजार ३६९ जनाले राजीनामा दिनुभएको छ । जसमध्ये सिनियर प्रहरी अधिकृत ४०१ जना, अन्य दर्जाका एक हजार ९४९ जना रहनुभएको छ । अनिवार्य अवकाशमा जानेहरू ५२३ जना हुनुहुन्छ । १२ हजार २२ जना प्रहरी कर्मचारी पुरस्कृत हुनुभएको छ भने कारबाही दुई हजार ७३ जनालाई गरेका छौँ,’ उनले भने ।

प्रवक्ता घिमिरेले गत आर्थिक वर्षमा अनिवार्य अवकाशमा जानेहरू ५२३ जना रहेको बताए । उनका अनुसार गत आर्थिक वर्षमा १२ हजार २२ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् भने दुई हजार ७३ जनालाई कारबाही गरिएको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।