बिहि, फाल्गुन २८, २०८२
Search
बिहि, फाल्गुन २८, २०८२

लोडसेडिङको हल्ला भ्रामक भएको भन्दै प्राधिकरणले निकाल्यो विज्ञप्ति

Share:
190

काठमाडौं, साउन ११ । आन्तरिक लोड व्यवस्थापन गर्न निकालेको सूचनालाई लिएर लोडसेडिङ तालिका भनेर समाचार प्रकाशित गर्नु अनुचित र भ्रामक भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आइतबार एक विज्ञप्ति जारी गर्दै चनौली वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापनका सम्बन्धमा एक दिनका लागि निकालेको लोड व्यवस्थापन तालिकाले सृजना गरेको अन्योल र त्यसैलाई लिएर केही सञ्चारमाध्यमहरू र सामाजिक सञ्जालमा व्यक्त भएको धारणाप्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

वर्षातको समयमा अपेक्षाकृत पानी नपर्दा आइपरेको खडेरीका कारण अत्यधिक मात्रामा बढेको सिँचाइ लोड व्यवस्थापनका लागि विद्युत् लाइन तथा ट्रान्सफर्मरहरू अदली बदली गर्नुपर्ने हुँदा सोको लागि लाइन अवरुद्ध हुने समय तालिका मात्र सार्वजनिक गरेको विषयलाई ‘लोडसेडिङ तालिका’ शीर्षक दिएर समाचार प्रकाशित गर्नु अनुचित र भ्रामक रहेको स्पष्ट पार्न चाहन्छौँ’, प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्राधिकरणले चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा देखिएको समस्या केबल प्राविधिक समस्या मात्रै भएको र दुई तीन दिनभित्र समस्या समाधान हुने जनाएको छ ।

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।