शुक्र, मंसिर २६, २०८२
Search
शुक्र, मंसिर २६, २०८२

अन्तर्राष्ट्रिय दबाबपछि गाजामा राहत वितरण

Share:
222

साउन ११ । मानवीय संकट बढ्दै जानुका साथै अन्तर्राष्ट्रिय दबाब पनि बढ्दै गएपछि इजरायल मानवीय कोरिडोरमार्फत राहत उपलब्ध गराउन सहमत भएको हो ।

यो सहमतिको केही घण्टा अघिसम्म इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले आकाशबाट राहत खसाल्न अनुमति दिने बताएको थियो ।
यसरी खसालिएको राहतमा अन्तर्राष्ट्रिय निकायले उपलब्ध गराउने पिठोसहित चिनी र प्याकेटका खानेकुरा थिए । त्यस क्षेत्रमा एक महिनादेखि खाद्यान्न अभावका कारण लाखौँ मानिसको कुपोषणको जोखिममा रहेको बताउँदै अन्तर्राष्ट्रिय निकायले यस साताभर इजरायललाई दबाब दिएका थिए ।

आइडिएफले मानवीय कुरामा आफू सचेत रहेको कुरा जनाएको छ । आइडिएफले डी साल्टेसनको पनि व्यवस्था गरेको छ । यसले नौ लाख जनालाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसअघि मार्च महिनादेखि गाजामा इजरायलले राहत वितरणमा रोक लगाएको थियो । यसमा मे महिनामा फेरि थप प्रतिबन्द लगाएको थियो ।

गाजा ह्युमनेटेरियन फाउन्डेसन (जिएचएफ) ले राहत वितरण गरे पनि राहत लिन जानेहरू माथि नै इजरायली सेनाले आक्रमण गर्ने गरेको थियो ।

यसरी राहत वितरण गर्नका लागि बाटो खुला गर्ने प्रयासमा संयुक्त राष्ट्र सङ्घ र बेलायतले सबै भन्दा बढी पहल गरेको थियो थिए । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।