बुध, बैशाख ९, २०८३
Search
बुध, बैशाख ९, २०८३

देबौली र चित्रसारी क्षेत्रका खेतबारी तथा सिमसारमा चरा अवलोकन

Share:
362

रत्ननगर, साउन १० । बर्ड एजुकेसन सोसाइटी चितवनले आज (शनिवार) नियमित चरा अवलोकन कार्यक्रम अन्तर्गत रत्ननगर-  ४ देबौली र वडा नं. ८ चित्रसारी क्षेत्रका खेतबारी तथा सिमसारमा चरा अवलाेकन गरेकाेछ ।

प्राकृतिक वातावरणको संरक्षण र चरा विविधताको अभिलेख राख्ने उद्देश्यले सञ्चालित कार्यक्रममा कुल ८ जना सहभागी रहेका थिए ।  करिब दुई घण्टा सञ्चालन भएको अवलोकनमा ३६ प्रजातिका चराहरू देखिएका थिए।

एशियन ओपनबिल, ब्राह्मणी स्टार्लिङ, सिनामन बिटरन, लगायतका प्रजातिहरू कार्यक्रमका मुख्य आकर्षण बने। धानखेत र सिमसार क्षेत्रले चितवनमा चराहरूको लागि उपयुक्त आवास प्रदान गरिरहेको पुष्टि भएको छ। यस्ता क्षेत्रहरूमा अवलोकन गर्दै चेतना फैलाउने काम बर्ड एजुकेसन सोसाइटीले नियमित रूपमा गर्दै आएको छ।

“चराहरू हाम्रो जैविक विविधताको अभिन्न हिस्सा हुन्। देबौली र चित्रसारी क्षेत्रमा देखिएका प्रजातिहरूले चराहरूको लागि यी स्थानहरू कति महत्वपूर्ण छन् भन्ने कुरा पुष्टि गर्छ। हाम्रो संस्था प्रकृति र चराको सहअस्तित्वका लागि निरन्तर क्रियाशील रहेको बर्ड एजुकेसन सोसाइटी सौराहाका अध्यक्ष बिजय गिरीले बताउनुभयो ।

“हामी प्रत्येक हप्ता यस्ता कार्यक्रम गर्दै स्थानीय समुदाय र विद्यार्थीलाई चरा संरक्षणमा जोड दिइरहेका छौं। यस्ता गतिविधिबाट मानिसको दृष्टिकोण परिवर्तन हुँदै गएको अनुभव गरेको “यसै सस्थांका सचिव प्रकाश चापागाईंले बताउनुभयो।

कोषाध्यक्ष चन्द्रमणी गौलीका अनुसार “चरा अवलोकन केवल हेर्ने काम होइन, यो संरक्षणको अभियान हो। स्थानिय जनसहभागिता र शिक्षा मार्फत वातावरण र जैविक विविधताको रक्षा गर्न सकिन्छ भन्ने विश्वासले हामीलाई अघि बढाइरहेको छ।” अवलोकन कार्यक्रममा बर्ड एजुकेसन सोसाइटी सौराहाका अध्यक्ष बिजय गिरी, सचिव प्रकाश चापागाई, कोषाध्यक्ष चन्द्रमणी गौली, सोम जि.सी., कल्पना आचार्य जि.सी., जेनस क्षेत्री, रोजन सुवेदी, जनक परियारको सहभागिता रहेको थियो ।

नेपालका पंक्षी बिद् सोम जिसीले आजको चरा अवलोकन कार्यक्रम रहेर चरा पहिचानमा सहयोग पुर्याउनु भएकोमा सस्थाले उहाँलाई धन्यवाद ज्ञापन गरेको छ ।

संस्थाका अनुसार, आउँदो साता चरा अवलोकन कार्यक्रम कुमरोज सामुदायिक वनको घाँसे मैदान क्षेत्र‌मा आयोजना गरिनेछ। विस्तृत जानकारी सोसाइटी को फेसबुक पेज मार्फत चाँडै सार्वजनिक गरिनेछ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।