शनि, मंसिर २७, २०८२
Search
शनि, मंसिर २७, २०८२

गाजाका अधिकांशले दिनको एक छाक पनि खान पाउँदैनन्

Share:
134

साउन १० । गाजामा रहेका एक तिहाइ व्यक्ति दिनको एक छाक पनि खान नपाउने कुरा संयुक्त राष्ट्र सङ्घीय खाद्य योजनाले बताएको छ। विश्व स्वास्थ्य कार्यक्रमले जनाए अनुसार ९० हजार महिला तथा बालिका अहिले कुपोषणबाट धेरै पीडित भएका कारण तत्काल उपचार आवस्यक छ।

यो साता कुपोषणबाट एकै दिन नौ जना मरेका थिए। यसपछि नै संसारका धेरै निकायले यस विषयमा चासो देखाएका हुन्। ७ अक्टोबर २०२३ यता इजरायलले आक्रमण सुरु गरेपछि गाजामा कुपोषणका कारण ज्यान जानेको सङ्ख्या १२२ पुगेको छ। इजरायलले भने राहत वितरणमा आफूले अवरोध सिर्जना नगरेको भन्दै कुपोषणको दोष हमासलाई लगाएको छ।

संयुक्त अरब इमिरेट्स र जोर्डनले पछिल्लो समय राहत वितरणका लागि प्रयास गरेका छन्। जोर्डनले इजरायलले अनुमति नदिएका कारण राहत वितरण कार्यक्रम सुरु गर्न नसकिएको जनाएको छ।

शुक्रबार जर्मनी, फ्रान्स बेलायतले गाजामा राहत वितरणमा रहेको अवरोध हटाउन आवश्यक रहेको भन्दै विज्ञप्ति जारी गरेका थिए।

त्यहाँ रहेका राष्ट्र सङ्घ निकट व्यक्ति अहिले गाजामा बारम्बार युद्ध अपराध भएको कुरा नकार्न नमिल्ने बताउँदै आएका छन्। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।