रत्ननगर । रत्ननगर १० स्थित एञ्जल्स वर्ल्ड स्कुलमा नाट्यकला अध्ययन गर्ने विधार्थीहरुद्वारा अभिनित सचेतानात्मक छोटो चलचित्र ‘इमान्दार’ सार्वजनिक गरिएको छ । ह्याप्पी मिडियाको आधिकारीक युट्युब च्यानलमा सार्वजनिक ३ मिनेटको उक्त छोटो चलचित्रले विद्यार्थीहरुलाई इमान्दारिता र नैतिकताको बाटोमा लाग्न प्रेरित गर्ने लेखक तथा निर्देशक रामु आचार्य बताउछन । आचार्य स्कुलका नाट्यकला कक्षाका प्रशिक्षक समेत हुन् ।
स्कुलले पाठ्यक्रमका अलावा विद्यार्थीहरुको आन्तरिक क्षमता प्रस्फुटन गराउन विद्यालयमा विविध अतिरिक्त क्रियाकलापका कक्षाहरु संचालन गरिएको प्राचार्य गणेश शर्मा बताउछन । वर्तमान समयमा विद्यार्थीहरुलाई नैतिकवान बनाए मात्र भविष्यमा राष्ट्रले योग्य नागरिक प्राप्त गर्ने बताउदै ूइमान्दारू छोटो चलचित्रले विद्यार्थीको अन्तर्निहित अभिनय क्षमताका साथ साथै नैतिकताको कथा बोलेको प्राचार्य शर्माको भनाई छ । छोटो चलचित्र विद्यालय परिषर भित्रै छायांकन गरिएको हो ।
विद्यालयमा पाठ्यक्रमका अलावा नाट्यकला, गायनकला, नृत्य, तेक्वान्दो, उद्घोषण, आर्ट्स लगायतका कक्षाहरु संचालित छन् ।








