शुक्र, माघ ९, २०८२
Search
शुक्र, माघ ९, २०८२

गाडीले ठक्कर दिँदा रत्ननगरमा माेटरसाइकल चालकको मृत्यु

Share:
956

चितवन, ९ साउन ।  पूर्व पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ शान्ति चोकमा सागसब्जी बोक्ने बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक कालिका नगरपालिका–२ का ३५ वर्षीय मुकुन्द कँडेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार गए राती १२ः३० बजे खैरहनी बाट टाँडीतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ च०५१० नम्बरको सागसब्जी बोक्ने बोलेरोले जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०३–००१ख३३६५ नम्बर (रात्रिबस) लाई ओभरटेक गर्ने क्रममा टाँडीबाट खैरेहनीतर्फ जाँदै गरेको बा प्र ०६–००१प ३५०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बोलेरोको ठक्करबाट घाइते मोटरसाइकल चालक कँडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा राती १ः१९ बजे मृत्यु भएको हो ।

बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेको उहाँले जानकारी दिनुभयो ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।