शुक्र, माघ ९, २०८२
Search
शुक्र, माघ ९, २०८२

गाजामा भोकभोकै मर्नथाले सर्वसाधारण : राहतका लागि संयुक्त दबाब

Share:
224

साउन ८ । सय भन्दा बढी राहत वितरण गर्ने संस्था तथा अधिकारवादी समूहले गाजामा देखिएको कुपोषण र भोकमरीको समस्यामा चासो व्यक्त गरेका छन्। भोकभोकै सर्वसाधारण मरेको देख्नु परेको भन्दै उनीहरुले तत्काल केही उपाय लगाउनका लागि दबाब सिर्जना गर्न थालेका हुन्। मेडिकल सान्स फ्रन्टायर (एमएसएफ), सेभ द चिल्ड्रेन र अक्सफाम लगायतले सो चासो व्यक्त गरेका हुन्।

यो क्षेत्रमा पुग्ने सबै राहत नियन्त्रणमा राख्ने इजरायलले भने हमासको प्रोपोगान्डालाई सहयोग पुग्ने ध्येयले सो विज्ञप्ति जारी गरिएको आरोप लगाएको छ।

हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले गएको २४ घण्टामा थप १० जना कुपोषणका कारण मरेको समाचार सार्वजनिक गरेको छ। यो विवरण सार्वजनिक भएपछि ती संस्थाहरूको तर्फबाट विज्ञप्ति आएको हो। मन्त्रालयका अनुसार आइतबार यता त्यसरी मर्नेको सङ्ख्या ४३ पुगेको छ।

संयुक्त राष्ट्र सङ्घका अनुसार गाजामा अस्पतालमा खाना नपाएर अन्तिम अवस्थामा पुगेकाको उपचार भइरहेको छ। धेरै जना बाटोमा ढल्न थालेका छन्। त्यस क्षेत्रमा इजरायलले ल्याएको समस्याका कारण राहत वितरण गर्न गएको आफ्नै संस्थाका धेरै मानिसको ज्यान जाने गरेको समेत जनाइएको छ।

दुई महिना लामो युद्ध विरामको समाप्तिपछि गएको मार्च महिनादेखि इजरायलले गाजामा राहत वितरणमा रोक लगाएको हो। इजरायलले बाँकी रहेका बन्दी रिहा गर्न हमासलाई दबाब दिनका लागि यसरी राहत वितरणमा अवरोध गरिएको बताउँदै आएको छ।

विश्व स्वास्थ्य सङ्गठनले एक चौथाइ जनसङ्ख्याले कठिन अवस्थाको सामना गरिरहेको तथा एक लाख भन्दा बढी महिला तथा बालबालिका कुपोषणका कारण एकदमै जोखिमपूर्ण अवस्थामा रहेको जनाएको छ। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।