शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

Share:
255

चितवन, साउन ६ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले आज (मंगलबार) आयोजना गरेको शैक्षिक मेला ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्सपो’ मा विद्यार्थीको घुईचो लागेको छ ।

भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा भएको मेलामा विहानैदेखि विद्यार्थीहरुको भीड लागेको थियो ।

मेलामा अष्ट्रेलिया, क्यानडा, युके, न्युजिल्याण्ड र अमेरिकाका ५० बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले प्रत्यक्ष रुपमा जानकारी लिन पाएपछि विद्यार्थीहरु खुशी देखिन्थे ।

बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चलेको मेलामा अन्तिमसम्म विद्यार्थीहरुको भीड थियो ।

एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले युनिभर्सिटी तथा कलेजबाट प्रतिनिधि नै उपस्थित भएकोले विद्यार्थीले आधिकारिक र भरपर्दो जानकारी लिन पाएको बताउनुभयो ।

यस कार्यक्रमबाट विद्यार्थीहरुमा देखिएको उत्साहले खुशी बनाएको बताउनुभयो ।

मेलामा ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलका विभिन्न प्रोग्राममा पढ्न विदेश जान चाहने विद्यार्थीहरु पुगेका थिए । मेलामा सहभागि एक विद्यार्थीले आफूले सोँचे अनुसारको परामर्श लिन पाएकोमा खुशी व्यक्त गरेका थिए ।

यस्तै विद्यार्थीहरुलाई लक्की ड्र बाट छाता, विभिन्न छुटका कुपनलगायतको उपहार प्रदान गरिएको थियो ।

एक्सपर्टले २१ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

यहाँबाट अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्युजिल्याण्ड तथा आयरल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गरिन्छ ।

साथै एक्सपर्ट चितवनमा भाषा परीक्षाहरू आइइएलटिएस, पिटिई र स्याट तयारी कक्षा पनि सञ्चालन भइरहेका छन् ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।