शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

बङ्गलादेशमा विमान दुर्घटना : मर्नेको सङ्ख्या २० पुग्यो

Share:
236

ढाका, साउन ६ । बङ्गलादेशमा भएको विमान दुर्घटनामा मर्नेको सङ्ख्या २० पुगेको छ। सो दुर्घटनामा १७० जना घाइते भएका छन्। एयर फोर्सको ट्रेनिङ जेट बङ्गलादेशको स्कुल क्याम्पसको हातमा विस्फोट भएको हो। उत्तरामा रहेको माइल स्टोन स्कुल एन्ड कलेजबाट लिइएको फुटेजमा धुवाँको बाक्लो मुस्लो उडेको देखिन्छ।

५० भन्दा बढी घाइतेलाई बलिरहेकै अवस्थामा अस्पतालमा लगिएको छ। मर्नेमध्ये धेरै जना विद्यार्थी छन्। उनीहरू विद्यालय छुटेर घर फर्कने क्रममा थिए। घाइतेमध्ये १७ जना बालबालिका छन्। विद्यालयमा चारदेखि १८ वर्षसम्मका बालबालिका अध्ययनरत छन्।

एक १० वर्षीय बालकले परीक्षा सकेर बाहिर निस्कन आँटेकै समयमा आफ्नै आँखा अगाडि विस्फोट भएको तथा आफ्नो मिल्ने साथीको पनि ज्यान गएको बताएका छन्।

सैन्य प्रशासनबाट जारी विज्ञप्ति अनुसार मोहम्मद ताउकिर इस्लामले उडान भरेका थिए। उनले कम जनघनत्व भएको स्थान छानेर अभ्यास गरिरहेको समयमा विमानमा समस्या भएको हो।

घटनाको छानबिन गर्न समिति बनाइएको छ। उत्तर आधुनिक मेडिकल कलेज अस्पतालले दिएको जानकारी अनुसार घाइतेमध्ये धेरै जना १० देखि १५ वर्षका बालबालिका छन्। उनीहरू जेटमा इन्धन बल्न थालेपछि घाइते भएका हुन्। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।