बुध, बैशाख ९, २०८३
Search
बुध, बैशाख ९, २०८३

क्यानडाको ब्राम्पटनमा मेयर रेग्मीको उच्चस्तरीय भेटवार्ता, भगिनी सम्बन्ध स्थापना गर्न छलफल

Share:
392

चितवन, साउन ६ ।  क्यानडाको भ्रमणमा रहेका कालिका नगरपालिका, चितवनका मेयर विनोद रेग्मीले क्यानडाको ब्राम्पटन नगरका मेयर प्याट्रिक ब्राउन र डेपुटी मेयर हरकिरत सिंहसँग मैत्रीपूर्ण भेटघाट गरेका छन्।

ब्राम्पटन नगरको कार्यालयमा आयोजित उक्त भेटघाटमा दुबै नगर बीच  भगिनी सम्बन्ध स्थापना गर्ने विषयमा छलफल भएको बताइएको छ।

मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यका साथ दुबै नगरका प्रतिनिधिहरूले विकासको मोडल आदान–प्रदान गर्ने, अनुभव बाँड्ने र पालिकाबीच अध्ययन तथा भ्रमण आदान–प्रदान गर्ने सहमति पनि बनेको मेयर रेग्मीले क्यानाडाबाट जानकारी दिएका छन्।

सो अवसरमा कालिका नगरपालिकाको तर्फबाट ब्राम्पटन नगरपालिकालाई नेपाल भ्रमणको निमन्त्रणा पनि प्रदान गरिएको छ।

कार्यक्रममा क्यानडा कन्जरभेटिभ पार्टीका नेता विजय पौडेल, प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष रमेश धिताल, एनआरएन क्यानडाका पूर्व अध्यक्ष तथा नेपाल हाउसका सभापति गोपिकृष्ण काफ्ले, प्रवासी मञ्च क्यानडाका सदस्यहरू शुदर्शन अधिकारी, विकास डल्लाकोटी, जगन सापकोटा लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

भेटघाट र छलफलको यो अवसरले नेपाल र क्यानडाबीचको स्थानीय तहको सहकार्यलाई थप बलियो बनाउने विश्वास गरिएको छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।