शुक्र, माघ ९, २०८२
Search
शुक्र, माघ ९, २०८२

लायन्स क्लब अफ रत्ननगर मीड नेपालद्वारा परियारलाई ह्विलचेयर सहयोग

Share:
309

रत्ननगर, साउन ४ । रत्ननगर वडा नं २ टाँडी निवासी शिव परियारलाई ह्विलचेयर प्रदान गरिएको छ । लायन्स क्लब अफ रत्ननगर मीड नेपाल ले उनलाई ह्विलचियर सहयोग गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं २ का वडाध्यक्ष राजेन्द्र प्रसाद घिमिरे, वडा नं १० का वडाध्यक्ष कलाधर पौडेल, क्लबका अध्यक्ष हेमराज आचार्यले ह्विलचेयर हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा कार्यपालिकाका सदस्य राजेन्द्र हमाल, लायन्स क्लब इन्टरनेशन ३२५ आर नेपालका रिजन चियर पर्सन पुष्पराज श्रेष्ठ, जोन चियर पर्सन यमन भूषाले लगायतको आतिथ्यता रहेको थियो ।

क्लबका निवर्तमान अध्यक्ष किसन प्रसाद पौडेलको संयोजकत्वमा भएको उक्त कार्यक्रम क्लबका सचिव धर्मराज चालिसेले सञ्चालन गरेका थिए ।

क्लबका अध्यक्ष आचार्यको अध्यक्षतामा भएको कार्यकममा क्लबका प्रथम उपाध्यक्ष लायन सुरेश जङ पाण्डे, द्वितीय उपाध्यक्ष शकर पौडेल, तृतीय उपाध्यक्ष दीपेन्द्र शर्मा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष घिमिरेले आवश्यक परेको व्यक्तिलाई मीड नेपालले ह्विलचेयर सहयोग गरेर मानवीयता प्रर्दशन गरेको भन्दै उक्त कार्यको प्रशंसा गरे ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।