शुक्र, माघ ९, २०८२
Search
शुक्र, माघ ९, २०८२

न्यू क्यापिटल कलेजले २५औँ वार्षिकोत्सव तथा रजत महोत्सव मनाउने

Share:
236

 

वि.सं. २०५७ मा १७ जना शिक्षक र ८१ जना विद्यार्थीबाट सुरु भएको उक्त कलेज हाल ५५ जना शिक्षक, १५ जना कर्मचारी र १ हजार २३ जना विद्यार्थीको शैक्षिक केन्द्र बनेको छ ।

व्यवस्थापन र विज्ञान सङ्कायमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कलेजले ‘कमाउँदै पढ्दै’ भन्ने नारालाई आत्मसात गरेको छ । जीवन उपयोगी शिक्षालाई जोड दिएको सो कलेजले विद्यार्थीलाई रोजगारीको अवसर सिर्जना गर्ने गरी व्यवहारिक शिक्षालाई अघि सारेको कलेजका प्राचार्य भूपेन्द्र धितालले बताए ।

रजत महोत्सवको औपचारिक सुरुवात साउन ७ गतेबाट स्रष्टा सम्मान कार्यक्रम मार्फत हुनेछ । रजत महोत्सवको अवसरमा रत्ननगरका साहित्यकार विश्वनाथ खनाललाई २५ हजार रुपैयाँ राशीको पुरस्कारसहित सम्मान गरिने प्रिन्सिपल धितालले जानकारी दिए ।

रजत महोत्सव अन्तर्गत रजत स्तम्भ निर्माण, स्मारिका प्रकाशन, अन्तरविद्यालय चित्रकला प्रतियोगिता, हाजिरजवाफ प्रतियोगिता, स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, च्यारिटी सो, वक्तृत्वकला प्रतियोगिता, विज्ञान प्रदर्शनी, फुड फेस्टिवल जस्ता कार्यक्रम तय गरिएको छ ।

पत्रकार सम्मेलन मार्फत सो कलेजले छात्रवृत्ति विशेष कार्यक्रम सार्वजनिक गरेको छ । रजत महोत्सवको अवसरमा हरेक वर्ष आर्थिक अभावका कारण पढ्न नसेका विद्यार्थीको पहिचान गरी पूर्ण छात्रवृत्ति प्रदान गर्ने प्रिन्सिपल धितालले बताए ।

रजत महोत्सव अन्तर्गत खेलकुदका विभिन्न कार्यक्रम, म्याराथन प्रतियोगिता, श्रावण १५ गते विद्यालय स्थापना दिवस, अन्तरआमा समूह तीजगीत प्रतियोगिता, सार्वजनिक क्षेत्र सरसफाइ कार्यक्रम, वृक्षरोपण कार्यक्रम, प्रतीक्षालय निर्माण, तथा शिक्षक र संस्थापक सदस्य सम्मान कार्यक्रम आयोजना गरिनेछ ।

रजत महोत्सव मनाउने दौरानमा आयोजना गरिएको कार्यक्रमहरूले शैक्षिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उनको विश्वास छ । न्यू क्यापिटल कलेजले गुणस्तरीय शिक्षालाई केन्द्रमा राख्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिएको छ ।

सो कलेजले जीवन उपयोगी शिक्षा तर्फ इलेक्ट्रिसिटी, प्लम्बिङ र कफी बनाउने कला सिक्न चाहने विद्यार्थीहरूका लागि छुट्टै कक्षा सञ्चालन गरेको छ ।

व्यावसायिक सीपमूलक कक्षाहरूले विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउन र शिक्षा सँगसँगै रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोग पुग्ने प्रिन्सिपल धितालले बताए । रक्तदान, स्वास्थ्य शिविर र सरसफाइ कार्यक्रमले सामुदायिक सेवालाई प्राथमिकता दिनेछ भने चित्रकला, हाजिरजवाफ, वक्तृत्वकला र तीजगीत प्रतियोगिताले विद्यार्थी र समुदायको रचनात्मकता र प्रतिभालाई प्रोत्साहन गर्ने धितालको विश्वास छ ।

विज्ञान प्रदर्शनी र फुड फेस्टिवलले नवप्रवद्र्धन र सांस्कृतिक विविधतालाई उजागर गर्ने, म्याराथन र खेलकुद कार्यक्रमले शारीरिक स्वास्थ्य र अनुशासनलाई प्रोत्साहन गर्ने उनको भनाई छ ।

रजत स्तम्भ निर्माण र प्रतीक्षालय निर्माणले कलेजको भौतिक पूर्वाधारमा योगदान पुग्नेछ भने स्मारिका प्रकाशनले २५ वर्षको गौरवपूर्ण इतिहासलाई दस्तावेजीकरण गर्न मद्दत पुग्ने प्रिन्सिपल धितालले बताए ।

संस्थाको जग बलियो बनाउनेहरूप्रति कृतज्ञता प्रकट गर्न शिक्षक र संस्थापक सदस्य सम्मान कार्यक्रम आयोजना गरिएको उनले बताए । आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, व्यावसायिक सीपमूलक कक्षाहरूको विस्तार र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई प्राथमिकता दिइने उनको भनाई छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।