शुक्र, माघ ९, २०८२
Search
शुक्र, माघ ९, २०८२

एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीचको भेटवार्ता सकारात्मक

Share:
210

काठमाडौँ, ४ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुनु सकारात्मक भएको सो पार्टीका नेताहरूले प्रतिक्रिया दिएका छन् ।

अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच आज एमाले केन्द्रीय कार्यालय, च्यासलमा करिब डेढ घण्टा भेटवार्ता भएको थियो ।

पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउन मिल्ने नमिल्ने बहसका बीच उहाँहरूबीच भएको छलफलले बहसलाई निचोडमा लिन सहयोग पुग्ने ठानिएको छ ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष ओलीले शनिबारको पोलिटब्यूरो बैठकमा दिनुभएको जानकारीबमोजिम पूर्वराष्ट्रपति भण्डारीसँग छलफल गर्नुभएको र यो सकारात्मक रहेको पत्रकारहरूलाई बताउनुभयो ।

उहाँले पूर्वराष्ट्रपति भण्डारीले पार्टीको सदस्यता नवीकरण गरेको कुरा पार्टी महासचिवबाटै सार्वजनिक भइसकेको जिकिर गर्नुभयो ।

एमालेको केन्द्रीय कमिटी बैठक सोमबारदेखि हुने भएकाले पनि त्यसको अघिल्लो दिन उहाँहरूबीच भएको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ ।

पार्टी सचिव योगेश भट्टराईले पार्टीभित्र यो कित्ता र त्यो कित्ताका हिसाबले गरिने व्यवहार उचित नहुने भन्दै बाहिर विवाद बढाउनुभन्दा पार्टी नेतृत्व र पूर्वराष्ट्रपतिबीच सौहार्द छलफलबाट विषयको टुङ्गो लाग्नुपर्नेमा जोड दिनुभयो ।

केन्द्रीय कमिटी बैठकमा आगामी भदौ २० देखि २२ सम्म हुने दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधनसहितका प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको जनाइएको छ । रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।