शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

नेपाल पुलिसकी तेक्वान्दो खेलाडी रमिलाले जितिन् अन्तर्राष्ट्रिय स्वर्ण पदक

Share:
273

साउन ४ । नेपाल पुलिस क्लबकी तेक्वाण्डो खेलाडी रमिला लामाले कोरियामा जारी सङ्नामकोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप– २०२५ मा स्वर्ण पदक जितेकी छिन् ।

यही साउन ३ देखि कोरियामा जारी देइगु वल्र्ड युनिभर्सिटी एण्ड छुछेन कोरिया इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपको पुम्से काता अन्तर्गत ३० वर्ष मुनीको उमेर समूहमा उनले कोरियाली खेलाडीलाई तेस्रो सेटमा पाखा लगाउँदै उपाधि चुमेकी हुन् ।

कोरियामा तेक्वान्दो संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न मुलुकका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

उपाधि जितेपछि प्रतिक्रिया दिँदै लामाले जितले आत्मविश्वास बढाएको र भावी दिनहरूमा थप उत्कृष्ट नतिजा निकाल्न मेहेनत गर्ने बताइन् ।

काभ्रे बेथानचोककी लामाको जितमा बेथानचोक गाउँपालिकाले बधाई व्यक्त गरेको छ । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले रमिलाको जितले गाउँपालिकाको शान बढाएको प्रतिक्रिया दिए । उनले सामाजिक सञ्जाल मार्फत रमिलाको जितप्रति बधाई व्यक्त गरेका हुन् ।

काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ५ स्थित टाङ्गी टोल निवासी झ्यामयाङ्ग लामा तथा माता मानकुमारी लामाकी सुपुत्री रमिलाले नेपाल पुलिस क्लबमा पनि विभिन्न उपाधि चुमिसकेकी छिन् ।

उनले च्याल्टीको आत्मा विकास माध्यामिक विद्यालयबाट २०७४ सालको एसईई परीक्षापश्चात् नेपाल प्रहरीमा सेवा प्रवेश गरेकी हुन् ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।