बिहि, जेष्ठ २१, २०८३
Search
बिहि, जेष्ठ २१, २०८३

भियतनाममा डुङ्गा पल्टिदा ३४ जनाको मृत्यु

Share:
257

भियतनाम, साउन ४ । भियतनाममा खराब मौसमका कारण पर्यटक चढेको डुङ्गा पल्टिदा कम्तीमा ३४ जनाको ज्यान गएको छ। धेरै जना हराइ रहेका छन्।

भियतनामको उत्तरमा रहेको हाल लङ खाडीमा सो दुर्घटना भएको हो। धेरै जसो राजधानी हनोइबाट घुम्न गएका थिए।

उद्धारकर्ता अहिले पनि उद्धार कार्यमा संलग्न छन्। पानीबाट ११ जनालाई जीवित उद्धार गरिएको छ। आँधी बेरी आएपछि ओन्डर सिज नामको सो डुङ्गा पल्टिएको थियो। डुङ्गामा ५३ जना यात्रा गरिरहेका थिए।

प्रत्यक्षदर्शीले स्थानीय समय अनुसार दिउँसो २ बजे सो दुर्घटना भएको बताएका छन्। पानी परिरहेको थियो भने मेघ गर्जिरहेको थियो।

एक १० वर्षीय बालकको पनि उद्धार भएको छ। ठुलो स्वरले कराएपछि उद्धार गरिएको उनले बताएका छन्। त्यहाँ निकालिएको शव मध्य कम्तीमा ८ जना बालक रहेको जनाइएको छ। प्रधानमन्त्री फाम मीन चिन्हले मृतकका आफन्तप्रति समवेदना व्यक्त गरेका छन्। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।