बुध, फाल्गुन २७, २०८२
Search
बुध, फाल्गुन २७, २०८२

चितवनमा कोरा- २५ च्यालेन्ज साइकल र्‍याली

Share:
356

रत्ननगर, साउन ३ । चितवनमा शनिबार कोरा च्यालेन्ज साइकल र्‍याली गरिएको छ ।

सेन्ट्रल कलेज भोकेस्नल ट्रेनिङ्ग सेन्टर नारायगणढमा उद्घाटन भएर सुरु भएको साइकल र्‍याली कालिका तथा रत्ननगर नगरपालिकाका विभिन्न स्थान हुँदै पर्यटकीय नगरी सौराहा परिक्रमा गरेको थियो । सिन्धुपाल्चोकको मेलम्ची बजार स्थित धनुवार समुदायमा सोलार प्यानल खरिदका लागि सहयोग जुटाउन, साइकल संस्कृतिको विकास गर्न र वाताबरण संरक्षणको सन्देश प्रबाह गर्न कोरा- २५ साइलक च्यालेन्ज आयोजना गरिएको हो ।

माउण्टेन वाइक पसल (एमटीवी बग) को आयोजना तथा रत्ननगर नगरपालिका र सेन्ट्रल कलेज भोकेस्नल ट्रेनिङ्ग सेन्टरको सहयोगमा आयोजित ¥यालीमा रत्ननगरका मेयर प्रलाद सापकोटा, उपमेयर यादब प्रसाद पाठक, वडाध्यक्षहरु सहित १७५ जना साइकलप्रेमीहरुको सहभागी थिए ।

साइकलमा सवारहरुले ५० किलोमिटर दुरी पार गरेका छन् । साइकल र्‍यालीको रत्ननगर नगरपालिकाको सभाहलमा समापन गरिएको थियो । सो अबसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर प्रदाद सापकोटाले स्वास्थ्य सुरक्षा र बाताबरण संरक्षणको लागि साइकलको प्रयोग अनिवार्य जस्तै भएको बताए ।

उनले पर्यटकीय नगरी सौराहामा पर्यटकले प्रयोग गर्ने गरी साइकलको व्यवस्था गर्ने सोचमा आफु रहेको बताए । एक घण्टा निःशुल्क गर्ने र त्यसभन्दा माथिको समयको शुल्क लिने गरी सौराहामा साइकल राख्ने सोच आएको छ उनले भने यस विषयमा नगरपालिकाले छिट्टै निर्णय गर्नेछ । सेन्ट्रल कलेज भोकेस्नल ट्रेनिङ्ग सेन्टरका प्रिन्सिपल यज्ञविशाल पौडेलले चितवनमा साइकल संस्कृतिको विकासका लागि आफुले सहयोग गर्दै आएको बताए ।

सेन्ट्रल कलेजले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न क्षेत्रमा सहयोग गर्दैै आएको बताए । कोरा च्यालेन्ज चितवनका अध्यक्ष तथा एमटीवी बगका संस्थापक सदस्य प्रविण श्रेष्ठको अध्यक्षतामा भएको सो समापन कार्यक्रममा साइकल र्‍यालीमा सहभागीहरुलाई मेडल प्रदान गरिएको थियो ।

प्रतिक्षा श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा उपमेयर पाठक, वडाध्यक्ष कृष्ण चौधरी, सोहेन्द्रराज खरेल लगायतको उपस्थिति रहेको थियो ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।