शुक्र, माघ ९, २०८२
Search
शुक्र, माघ ९, २०८२

लायन्स क्लब अफ रत्ननगर मिड नेपालको आयोजनामा वृक्षरोपण

Share:
271

रत्ननगर, साउन ३ । लायन्स क्लब अफ रत्ननगर मिड नेपालको आयोजनामा वृक्षरोपण तथा गोडमेल रत्ननगर-१० स्थित श्री बैरिया मा.वि को प्राङ्गढमा निर्माण गरिएको लायन्स बाटिकामा गरिएको छ । शनिवार विभिन्न प्रजातिका ५० भन्दा बढी बिरुवा रोप्नुका साथै पहिल्यै रोपिएका र हुर्कदै गरेका बिरुवाहरुको गोडमेल गरिएको छ ।

लायन्स क्लब अफ रत्ननगर मिड नेपालका बर्ष २०२५/०२६ का अध्यक्ष लायन हेमराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स इन्टर्नेसनल ३२५ आर नेपालका डिस्ट्रिक को अर्डिनेटर एम जे अफ लायन योगेन्द्र नाथ अधिकारी प्रमुख अतिथि रहेका थिए ।

वृक्षरोपण तथा गोडमेल कार्यक्रममा रत्ननगर वडा नं. १० का वडा अध्यक्ष लायन कलाधर पौडेल, क्लबका संस्थापक अध्यक्ष लायन सुरेश चन्द्र आचार्य, लायन लिडर कृष्ण लाल श्रेष्ठ, लायन भिम नेपाल, क्लबका पूर्व अध्यक्ष लायन जगदिश चन्द्र शर्मा, क्लबका पूर्व अध्यक्ष एंव रिजन चियरपर्सन लायन पुष्पराज श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक युवराज पौडेल, क्लबका पूर्व अध्यक्षहरु लायन किशोर चालिसे, लायन सुमन सुबेदी लगाएत अन्य लायन तथा लियो क्लब अफ रत्ननगर मिड नेपालका सदस्यहरुको उपस्थिति रहेको थियो ।

क्लबका प्रथम उपाध्यक्ष लायन सुरेश जंग पाण्डेको सम्योजकत्वमा सम्पन्न भएको कार्यक्रममा क्लबका बर्ष २०२५/०२६ का सचिब लायन धर्म राज चालिसे कार्यक्रम सञ्चालन गरेका थिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।