रत्ननगर, साउन ३ । रत्ननगर- १० मा रहेको न्यू स्पिडी ईङ्गलिस बोर्डिङ्ग स्कुलले पहिलो त्रैमासिक परिक्षा- २०८२ को परिक्षाफल प्रकाशित गरेको छ ।
कक्षा ८, ९, १० को नतिजा शनिवार प्रकाशित गरेको हो । नर्शरीदेखि कक्षा ७ सम्मको परिक्षाफल भोली (आइतवार) प्रकाशित गरिने विद्यालयका प्राधानाध्यापक अर्जुन वहादुर थापाले जानकारी दिए ।
प्राधानाध्यापक थापाले अझै शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयले हर प्रयास गरिरहेको बताए । प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र तिनका अभिभावकहरुलाई बधाई र कम नम्बर ल्याएका विद्यार्थीहरुलाई आगामी परीक्षामा अझ बढी मेहनत गरी अघी बढ्न सुझाब दिनुभयो । विद्यालयमा मात्रै होईन घरमा पनि आफ्ना नानी बाबुहरुलाई आफ्ना अभिभावकहरुले पठन पाठनको वातावरण तयार गरिदिनुपर्ने प्राधानाध्यापक थापाले जोड दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराम पोखरेलले विद्यार्थीहरुलाई अनुशासित भएर अध्ययन गर्न र अभिभावकहरुलाई आफ्नो विद्यार्थीको बारेमा जानकारी लिन पटक पटक विद्यालयमा आउन अनुरोध समेत गरे ।
अभिभावक फडिन्द्र पौडेलले सबै उतिर्ण विद्यार्थी तथा उत्कृष्ट विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

विभिन्न कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरु तथा तिनका अभिभावकहरुले आ-आफ्ना विद्यार्थीहरुका परीक्षाफल बुझ्न तथा लब्धाँक पत्र लिन विद्यालयमा आएका थिए ।
विद्यालयका सह-प्राधानाध्यापक सौरभ अधिकारी, परीक्षा प्रमुख सुष्मा तामाङ, अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश काफ्ले, मा. वि तहका प्रमुख झलक प्रसाद अधिकारी, अभिभावक, विद्यार्थी लगाएतको सहभागिता रहेको थियो ।









