मङ्ल, जेष्ठ १९, २०८३
Search
मङ्ल, जेष्ठ १९, २०८३

एमाले विधान महाधिवेशनमा विद्या भण्डारी प्रतिनिधि बन्न नपाउने

Share:
323

काठमाडौं, साउन ३ । नेकपा (एमाले) को विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधि बन्न नपाउने भएकी छन्। बिहीबार बसेको एमालेको सचिवालय बैठकले १० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्ने प्रस्ताव पारित गरेसँगै भण्डारीका लागि बाटो बन्द भएको हो।

बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘१० औं राष्ट्रिय महाधिवेशनमा नभएका र पछि केन्द्रीय कमिटी अथवा केन्द्रीय निकायमा आउनुभएका साथीहरु आयोजकका हिसाबले जानुहुन्छ, तर उहाँहरु विधान महाधिवेशनको प्रतिनिधि चाहिँ बन्नु हुन्न, विधान महाधिवेशनको प्रतिनिधि भनेको जो १० औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधिहरु हुुनुहुन्थ्यो, उहाँहरु मात्रै हुने विधानमै व्यवस्था छ।’

एमालेमा फर्किएकी पूर्वराष्ट्रपति भण्डारीलाई विधान अधिवेशनमा सहभागी हुनबाट रोक्न सचिवालय बैठकले यो निर्णय गरेको हो। पार्टीको १० औं महाधिवेशनताका राष्ट्रपति रहेकी भण्डारीले केही समय अघिमात्र पार्टीको सदस्यता नवीकरण गर्दै एमालेमा फर्किएको घोषणा गरेकी थिइन्।

बिहीबार १० घण्टाभन्दा लामो समय बसेको सचिवालय बैठकले एमालेमा रहेको १९ सदस्य पदाधिकारीको संख्यासमेत घटाउने निर्णय गरेको छ। सचिवालय बैठकमा विधान संशोधन प्रस्तावमाथि भएको छलफलमा यो व्यवस्था हटाउने निर्णय भएको हो। त्यसैगरी एमालेले यसअघि विधानमा व्यवस्था गरेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्थासमेत हटाउने भएको छ।

उपमहासचिव ज्ञवालीका अनुसार दुई कार्यकाल र ७० वर्षे उमेर हदबन्दी हटाउने वा नरहने र १५ सदस्यीय पदाधिकारी र २५ सदस्यीय स्थायी कमिटी रहने प्रस्ताव भएको छ।

बैठकले केन्द्रीय कमिटी २५१ सदस्यीय हुने र त्यसको एकतिहाइ पोलिटब्यूरो सदस्य रहने निर्णय गरेको छ। विधान महाधिवेशनमा नयाँ प्रतिनिधि कोही हुन नपाउने र नयाँ आमन्त्रित आयोजकका रुपमा सहभागी हुने नेता ज्ञवालीले प्रष्ट पार्नुभएको छ।

सचिवालय बैठकले पारित गरेको संशोधन प्रस्ताव पार्टीको पोलिटब्युरो र केन्द्रीय कमिटीमा पेश हुनेछ। त्यसपछि भदौमा बस्ने विधान महाधिवेशनले अनुमोदन गरेपछि यो निर्णय कार्यान्वयन हुनेछ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।