शुक्र, जेष्ठ २२, २०८३
Search
शुक्र, जेष्ठ २२, २०८३

रत्ननगरकाे सौराहा चोकमा फेला परेको शवको पहिचान खुल्यो

Share:
1295

रत्ननगर, असार ३२ । रत्ननगर नगरपालिका वडा नम्बर १, सौराहाचोक नजिकै आइतबार दिउँसो फेला परेको बेवारिसे शवको पहिचान खुलेको छ।

मृतक नुवाकोट, बेलकोटगढीका आशिष घिमिरे रहेको पुष्टि भएको छ। पर्यटक बसमा सह-चालकको रूपमा कार्यरत घिमिरेको शव सौराहाचोकबाट करिब ३०० मिटर भित्र, सौराहा जाने बाटोतर्फ दिउँसो ४ बजे फेला परेको थियो।

इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी रन्जन अवाले मृतकको पहिचान खुले पनि मृत्युको कारण नखुलेको बताए। पोष्टमार्टम रिपोर्ट नआइसकेकाले मृत्युको कारणबारे थप जानकारी प्राप्त नभएको उनको भनाइ छ ।

शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।