मङ्ल, चैत्र ३, २०८२
Search
मङ्ल, चैत्र ३, २०८२

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

Share:
208

असार ३१ । इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको लेबनानको सरकारी समाचार संस्था नेशनल न्यूज एजेन्सी (एनएनए) ले जनाएको छ ।

इजरायली सेनाले हिज्बोल्लाहका लक्ष्यहरूमा प्रहार गरेको पुष्टि गरेको छ । इजरायली सेनाले एक विज्ञप्तिमा ‘हिज्बोल्लाहको रेडवान बल’ विरुद्ध ‘हवाई हमला’ गरिएको उल्लेख गरेको छ ।

ती हमलाले ‘आतंकवादी आक्रमणको योजना बनाउने र कार्यान्वयन गर्ने’ प्रशिक्षण केन्द्रहरूलाई निशाना बनाएको इजरायलको दाबी छ ।

लेबनानी सञ्चार माध्यमका अनुसार, उत्तरी बेका उपत्यकाको वादी फराह क्षेत्रमा गरिएको हवाई हमलाले सीरियाली विस्थापित बसोबास गरेको एक शिविरमा आक्रमण गरेको थियो, जसमा १२ जनाको मृत्यु भएको छ । मृतकमध्ये सात जना सीरियाली रहेका छन् भने आठ जना घाइते भएका छन् ।

इजरायल र इरान समर्थित हिज्बोल्लाहबीच नोभेम्बरमा युद्धविराम सम्झौता भए पनि इजरायली आक्रमणहरू जारी छन् । सो युद्धविराम अनुसार हिज्बोल्लाहले आफ्ना लडाकु लितानी नदीको उत्तरतर्फ तान्नुपर्ने थियो भने इजरायलले पनि आफ्नो सेना पाँचवटा रणनीतिक स्थानबाहेक अन्य स्थानबाट फिर्ता गर्नुपर्ने थियो । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।