बिहि, बैशाख ३, २०८३
Search
बिहि, बैशाख ३, २०८३

चेल्सीले जित्यो क्लब विश्व कपको उपाधि

Share:
234

न्यु जर्सी, असार ३० । यस वर्ष सानदार फर्ममा रहेको (पिएसजी) लाई ३-० को फराकिलो अन्तरले हराउँदै चेल्सीले फिफा क्लब विश्व कपको उपाधि जितेको छ। चेल्सीलाई जित दिलाउने क्रममा कोल पालमरले दुई गोल गरे।

खेलको २२ औं मिनेटमा पालमरको गोलमा चेल्सीले पहिलो अग्रता लिएको थियो। त्यसको ८ मिनेटपछि नै उनले अर्को आकर्षक गोल गरे। पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा पालमरको सहयोगमा जाओ पेड्रोले गोल गरे।

दोस्रो हाफमा पिएसजीले गोलका लागि धेर प्रयास गरे पनि त्यो सम्भव भएन। ८५ औँ मिनेटमा जाओ नेभेसले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो। चेल्सीको यो सिजनको दोस्रो उपाधि हो। यस अघि उसले युइएफए कन्फरेन्स लिगको उपाधि जितेको थियो।

न्यु जर्सीमा भएको फाइनलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित ८१ हजार भन्दा बढी दर्शक रङ्गशालामा उपस्थित थिए। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।