मङ्ल, चैत्र ३, २०८२
Search
मङ्ल, चैत्र ३, २०८२

ग्लो साईन एकाडेमीका विद्यार्थीले गरे चरा अबलोकन

Share:
654

रत्ननगर, असार २८ । ‘चरा मार्न हुँदैन, चरा संरक्षण गर्नुपर्छ’ भन्ने उद्धेश्यले सौराहामा रहेको वर्ड एजुकेशन सोसाईटी चितवनले खैरहनी- ८ पर्सामा रहेको ग्लो साईन एकाडेमीमा अध्ययनरत कक्षा ११ का विद्यार्थीहरूलाई शनिवार बीसहजारी ताल र भरतपुर महानगरको बाटुली पोखरीमा चरा अबलोकन गराएकोछ ।

चरा संरक्षण गर्ने उद्धेश्यले सोसाईटीले हरेक शनिवार फरक फरक स्थानहरूमा चरा अवलोकन कर्ता तथा विद्यार्थीहरूलाई चरा अवलोकन गराउँदै आएको छ । विभिन्न विद्यालयहरुमा पुगी सोसाईटीले चरा संरक्षण सम्बन्धी सचेतना फैलाउदै आएको सोसाईटीका अध्यक्ष बिजय गिरीले जानकारी दिए ।

सोसाईटीका पूर्व अध्यक्ष टेक वहादुर गुरुङ, सदस्य शीरलाल परियार, नेचर गाईड अनिल महतो, रोजन सुवेदी लगाएतले विद्यार्थीहरुलाई चरा अवलोकन गराएका थिए । चरा अवलोकन गराए पश्चता नेचर गाईडहरुले देखिएको चराहरुको लिष्ट उपलव्ध गराएको सदस्य परियारले बताए ।

बर्ड एजुकेशन सोसाइटीले यस क्षेत्रमा नियमित रूपमा चरा अवलोकन र जागरूकता कार्यक्रमहरू सञ्चालन गर्दै आईरहेको छ। जसले यस क्षेत्रको चराहरूको संरक्षण र महत्वलालाई प्रवर्द्धन गर्दछ।

अर्को हप्ताको चरा अवलोकन आगामी शनिबारको लागि तय गरिएको छ साथै स्थानबारे चाडै सुचना गरीने र उत्साहीहरूलाई नयाँ क्षेत्रको चरा अन्वेषण गर्न आमन्त्रित गरिने सोसाईटीले जनाएकोछ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।