मङ्ल, चैत्र ३, २०८२
Search
मङ्ल, चैत्र ३, २०८२

रत्ननगरको सार्वजनिक सुनुवाई विवादमा : माओवादी केन्द्रको कडा निन्दा

Share:
452

रत्ननगर, असार २८ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रत्ननगर नगर समितिले रत्ननगर नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमप्रति गम्भीर आपत्ति जनाएको छ। नगरपालिकाले कुनै पनि राजनीतिक दललाई निमन्त्रणा नगरी एकलौटी रूपमा कार्यक्रम गरेको भन्दै माओवादी केन्द्रले यसलाई कमजोरी, बेथिति र अनियमितता ढाकछोप गर्ने प्रपञ्चको रूपमा लिएको छ।

पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा रत्ननगर नगरपालिकाको उक्त कदमलाई नगर प्रमुखको अलोकतान्त्रिक, निरंकुश, विभेदपूर्ण र गैरजिम्मेवार व्यवहारको पराकाष्ठा भएको उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय सरकारले नीति, कार्यक्रम र बजेटमा सरोकार राख्ने राजनीतिक दलहरूसँग समन्वय र छलफल गर्नु कर्तव्य हो। तर, रत्ननगर नगरपालिकाले सबै राजनीतिक दललाई वेवास्ता गरी एकलौटी रूपमा कार्यक्रम गरेको छ, जुन लोकतान्त्रिक चरित्रसँग मेल खाँदैन।’

माओवादी केन्द्रले १० वर्षे जनयुद्ध र २०६२/०६३ को जनआन्दोलनबाट प्राप्त गणतान्त्रिक उपलब्धिको रक्षा गर्नु आफ्नो कर्तव्य भएको उल्लेख गर्दै यस्ता अव्यवहारिक, निरंकुश र अपारदर्शी कार्यको घोर भर्त्सना गरेको छ। साथै, आगामी दिनमा यस्ता कार्य दोहोरिन नदिन नगरपालिकालाई चेतावनी दिएको छ।

विज्ञप्तिमा नगरपालिकालाई लोकतान्त्रिक मूल्य-मान्यता कायम राख्न, जनताप्रति जवाफदेही हुन र सबै सरोकारवाला पक्षसँग समन्वय गरेर अघि बढ्न आग्रह गरिएको छ। विज्ञप्ति पार्टीका अध्यक्ष मेघनाथ पौडेल र सचिव मोहन प्रसाद भट्टराईद्वारा हस्ताक्षरित छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।