शनि, जेष्ठ २३, २०८३
Search
शनि, जेष्ठ २३, २०८३

कालिकाको आ.व २०८१/८२ को बजेट ७६.७३ प्रतिशत खर्च

Share:
639

रत्ननगर, असार २६ । चितवनको कालिका नगरपालिकाको चालु आर्थिक बर्ष २०८१/८२ को खर्च विवरण सार्वजनिक गरेको छ । नगरपालिकाले यो आर्थिक बर्षमा कुल (७६.७३) प्रतिशत बजेट खर्च भएको जनाएको छ । नगरपालिकाले स्वीकृत बार्षिक बजेटबाट कार्यान्वयन भएका सम्पूर्ण कारोबारको भुक्तानी कार्य सम्पन्न भएको जनाएको छ ।

चालु तर्फ ८६.६१ प्रतिशत र पुंजिगत तर्फ ६५.४४ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले जानकारी दिए । यो बर्ष ४९ करोड ५७ लाख १ हजार ६ सय रुपैयाँ (५३.३१) प्रतिशत बिनियोजन भएकोमा ४२ करोड ९३ लाख ४९ हजार ९ सय ६० रुपैंया २४ पैंसा (८६.६१) प्रतिशत खर्च भएको चौलागाईले बताए ।

पुंजिगत तर्फ ४३ करोड ४० लाख ७२ हजार ४ सय रुपैयाँ (४६.६९) प्रतिशत बिनियोजन भएकोमा २८ करोड ४० लाख ७५ हजार ८ सय ९६ रुपैंया ८९ पैंसा (६५.४४) प्रतिशत खर्च भएको छ भने

आर्थिक बर्ष २०८१/८२ मा चालु र पुंजिगत तर्फ गरि कुल ९२ करोड ९७ लाख ७४ हजार बिनियोजन भएकोमा ७१ करोड ३४ लाख २५ हजार ८ सय ५७ रुपैंया १३ पैंसा (७६.७३) प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत चौलागाईले जानकारी दिए ।

कालिका नगरपालिकाको बजेट चालू भन्दा पुंजिगत (६.६२) प्रतिशतले बढी छ । प्रमुख प्रशासकीय अधिकृत चौलागाई र बरिष्ठ लेखा अधिकृत ऋषि प्रसाद कडुवालले एक सूचना जारी गर्दै खर्च विवरण सार्वजनिक गरेका हुन् ।

जारी सूचनामा बजेट कार्यान्वयन गर्न सहयोग गर्ने टोल बिकास संस्था, उपभोक्ता समिति, संघसंस्था, निर्माण ब्यवसायी, विकास साझेदार सरोकारवाला सरकारी कार्यालय, संचारकर्मी, नागरिक समाज, कर्मचारी सबैलाई धन्यवाद दिदै आगामी बजेट कार्यान्वयनमा पनि सक्रिय सहयोग, समन्वय र सहभागिता रहने बिश्वास गरिएको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।