मङ्ल, जेष्ठ १९, २०८३
Search
मङ्ल, जेष्ठ १९, २०८३

चीनबाट आएको बाढीले टिमुरे सुख्खा बन्दरगाह र रसुवागढी विद्युत आयोजनामा ठूलो क्षति

Share:
460

रसुवा, असार २४ । चीनतर्फबाट केरुङ र लेन्देखोलामा अचानक आएको बाढीले रसुवामा ठूलो क्षति पुगेको छ। बाढीले रसुवागढी जलविद्युत आयोजनाको बाहिरी संरचनामा पूर्णरूपमा ध्वस्त बनाएको छ।

बाढीले रसुवाको टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा पनि ठूलो क्षति गरेको छ। त्यहाँ राखिएका केही विद्युतीय सवारी साधन बगाएको अनुमान गरिएको छ।

बाढीले भन्सारमा राखिएका कयौं कन्टेनर बगाएको छ भने मितेरी पुलमा पनि ठूलो क्षति भएको छ।

अहिले गोसाइँकुण्ड गाउँपालिकाको स्वास्थ्य शाखाबाट परिचालित स्वास्थ्यकर्मीहरूको टोली बाढीबाट प्रभावित क्षेत्रतर्फ गएको छ। टिमुरेस्थित पार्किङस्थलमा, उद्धार तथा उपचारका लागि टोली गएको हो।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।