शनि, मंसिर २७, २०८२
Search
शनि, मंसिर २७, २०८२

जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई

Share:
204

असार २१ । एएफसी महिला एसियन कप छनोट २०२६ अस्ट्रेलियाको निर्णायक खेलमा शनिबार नेपालले घरेलु टोली उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार राति ९:१५ बजे हुनेछ।

समूह ‘एफ’मा नेपाल र उज्बेकिस्तान हालसम्म अपराजित रहेका छन्। दुवै टोलीको समान ६ अंक र १७ गोल रहेको छ। यी दुई टोलीले अहिलेसम्म गोल बेहोरेका छैनन्।

नेपालले आफ्नो पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो । दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८–० ले पाखा लगायो। नेपाललाई झैं उज्बेकिस्तानलाई पनि यी दुई टोलीलाई पाखा लगाउन खासै समस्या परेन। उज्बेकिस्तानले श्रीलंकामाथि १०–० र लाओसमाथि ७ गोलको फराकिलो जित हासिल गरेको थियो।

यो खेलमा जित हात पार्ने टोलीले अस्ट्रेलियाको टिकट पक्का गर्नेछ। हार्ने टोली भने प्रतियोगिताबाट बाहिरिने छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।