मङ्ल, मंसिर २३, २०८२
Search
मङ्ल, मंसिर २३, २०८२

रत्ननगरकाे बुढीराप्ती खाेलामा राति माछा मार्न जाँदा गोहीको आक्रमणबाट एक जनाकाे मृत्यु

Share:
1298

रत्ननगर, असार २० । रातको समयमा खोलामा माछा मार्न गएका एक व्यक्तिको गोहीको आक्रमणबाट मृत्यु भएको छ । चितवन सौराहा नजिक चित्रसारी बुढीराप्ती खोलामा बिहीबार राति उक्त घटना भएको हो । मृतक रत्ननगर नगरपालिका–८ का २६/२७ वर्षीय अविषेक माझी रहेका छन् भन्ने जानकारी चितवन जिल्ला प्रहरी कार्यालयले दिएको छ ।

अविषेक र सोही ठाउँका ४०/४५ वर्षीय राजकुमार माझी बिहीबार राति ९ बजेतिर माछा मार्न बुढीराप्ती खोलामा गएका थिए । माछा मार्दै गर्दा अविषेकलाई गोहीले तानेर खोलामा लगेको जानकारी राजकुमारले अस्थायी प्रहरी पोस्ट मैनाहालाई दिएका थिए ।

राति ९ बजेर ३५ मिनेटतिर खबर प्राप्त भएलगत्तै मैनाहा र रत्ननगर इलाका प्रहरी कार्यालयको टोली खोजी तथा उद्धारमा खटिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले बताए । राति १ बजेर २० मिनेटतिर अविषेकको शव फेला परेको उनले जानकारी दिए ।

घटनास्थलभन्दा २०० मिटर उत्तरतर्फ माझीको शव फेला परेको डीएसपी खनालको भनाइ छ । बुढीराप्ती खोला दक्षिणतर्फ बग्ने भए पनि गोहीले तानेर नदीको उल्टो धारतर्फ अविषेकलाई लगेको उद्धारमा खटिएको प्रहरी अधिकारीले बताएका छन् ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।