कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेगमीले एकल महिलालाई आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्देश्य राखेर उन्नत जातका बाख्रा वितरण गरिएको बताउनुभयो ।
कालिका नगरपालिका उपप्रमुख विमला तामाङले निःशुल्क उपलब्ध गराएको बाख्राको समय–समयमा हुने अनुगमनका क्रममा घरमा बाख्रा नपालेको पाइएमा वडा कार्यालयबाट प्रवाह हुने अन्य सेवा–सुविधा सबै रोक्का हुनेबारे सम्बन्धित महिलालाई सचेत गराएरै बाख्रा वितरण गरिएको बताउनुभयो
उहाले भन्नुभयो, “एकल महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यसहित बाख्रापालनतर्फ प्रोत्साहन गरेका हौँ । यसले उहाँहरूलाई आत्मनिर्भर बन्न सहयोग पुग्नेछ ।”
एकल महिला कालिका नगर अध्यक्ष राधिका भण्डारी अर्यालले एकल महिलाको जीवनस्तर उकास्न विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गरिरहेको बताईन् ।
बाख्रा वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवराज चाैलागाई, कालिकाका प्रबक्ता तथा कालिका वडा नं.२ का वडा अध्यक्ष लक्ष्मण पौडेल, वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठ, वडा नं. ५ का वडा अध्यक्ष दिपक भट्टराई, वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, कालिकाका शाखा अधिकृत प्रकाश चन्द्र पौडेल, शाखा अधिकृत राम शर्मा, पशु शाखाका प्रमुख ईश्वरी प्रसाद पौडेल, महिला बालबालिका शाखा प्रमुख सम्झना ढकाल लगाएतको सहभागिता रहेको थियो ।







