रत्ननगर, असार ६ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजार बराबरको बजेट ल्याएको छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु तर्फ २६ अर्ब ४ करोड ४६ लाख रुपैयाँ (३८.६ प्रतिशत) र पूँजीगत तर्फ ४१ अर्ब ४३ करोड २६ लाख रुपैयाँ (६१.४ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।
प्रदेश सरकारले बजेट कार्यक्रमको खर्च व्यहोर्ने स्रोत तर्फ कर राजस्वबाट २८ अर्ब ७८ करोड ८२ लाख रुपैयाँ, अन्य ६ अर्ब ७९ करोड ४ लाख रुपैयाँ अनुमान गरिएको छ ।
यस्तै, नेकपा एमाले केन्द्रीय कमिटी सदस्य, बागमती प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री, नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जे.एन थपलियाको पहलमा बाग्मती प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ मा चितवनको रत्ननगर नगरपालिका वडा नं. १ मा रु ४० लाख बजेट परेकोछ ।
जे.एन थपलियाबाट रत्ननगर वडा नं. १ मा बिनियोजित भएको बजेट :
१) देबौली कुलो (एकान्त गल्ली) गणेश रेग्मीको घरदेखि दुर्गा भवानी मन्दिर भक्तिनी बगैंचासम्म निर्माण रत्ननगर- १ रु २० लाख
२) श्री दुर्गा सरस्वती मन्दिर रत्ननगर- १ बकुलहर भौतिक निर्माण सम्पन्न रु १० लाख
३) श्री दुर्गा भवानी मन्दिर रत्ननगर- १ भक्तिनी बगैंचा भौतिक निर्माण सम्पन्न रु १० लाख
यसैबिच, नेकपा एमाले रत्ननगर वडा नं. १ कमिटीको अनुरोधलाई मनन गर्दै बजेट बिनियोजनमा अभिभावकको भुमिका निभाउनु भएकोमा नेकपा (एमाले) वडा नं. १ रत्ननगरका अध्यक्ष तुलसी गिरीले नेकपा (एमाले) रत्ननगर नगर कमिटीका अध्यक्ष ईश्वरी प्रसाद अर्याल लगाएत सम्पूर्ण टिमलाई गिरीले धन्यवाद ज्ञापन गरेकाछन् । आगामी दिनहरुमा वडाको बृहत्तर बिकास निर्माण सदैव लाग्ने प्रतिवद्धता जनाएकाछन् ।









