शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

७४औं स्काउट स्थापना दिवस : रत्ननगरमा बक्तृत्वकला प्रतियोगिता

Share:
254

रत्ननगर, असार ५ । नेपाल स्काउटको ७३ औं बार्षिकोत्सव तथा ७४औं स्थापना दिवसको अबसरमा विहीबार रत्ननगरमा बक्तृत्वकाला प्रतियोगिता आयोजना गरिएको छ ।

चितवन राइनो रोबर रेन्जर क्र्यूले न्यू क्यापिटल कलेजको सभाहलमा व्यत्तिलत्व तथा सामाज विकासमा स्काउटिङको भूमिका विषयक बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो । २८ जना सहभागी उक्त प्रतियोगितामा पञ्चकन्या विद्या मन्दिरकी छात्रा रोशाली ढकाल प्रथम, सनराइज बोडिङ स्कुलकी छात्रा सजिना खड्का द्धितीय, ग्रिन सासाइटी पब्लिक स्कुलकी छात्रा प्रशंसा पाण्डे तृतीय र एकता शिशु निकेतनकी छात्रा आकृति ढकाल सान्त्वना भएका थिए ।

प्याब्सन चितवनका उपाध्यक्ष कृष्ण प्रसाद भट्ट प्रमुख अतिथि रहेको उद्घाटन कार्यक्रममा रत्ननगरका नगर शिक्षा अधिकारी नारायण प्रसाद वाग्ले, न्यू क्यापिटल कलेजका प्राचार्य भूपेन्द्र धिताल, प्याब्सन रत्ननगरका अध्यक्ष भूवन थापा, लगायतले मन्तव्य राखेका थिए ।

उद्घाटन कार्यक्रममा चितवन राइनो रोबर रेन्जर क्र्यूका अध्यक्ष बैकुण्ठ मरहठ्ठाले विद्यार्थीमा अन्तरनिहीत क्षमता उजार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको भन्दै बक्तृत्वकाला मार्फत विद्यार्थीलाई जिम्मेवार बनाउन खोजिएको बताए । प्याब्सनका केन्द्रीय सदस्य दीपक राउत प्रमुख अतिथि रहेको समापन कार्यक्रममा चितवन राइनो रोबर रेन्जर क्र्यू सचिव पशुपति उपाध्यायले कार्यक्रमको उद्देश्य माथि प्रकास पारेका थिए । क्र्यूका सदस्य सन्तोष अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा क्र्यूका अर्का सदस्य सन्तोष पन्तले स्वागत मन्तव्य राखेका थिए । प्रतियोगिताको निर्णायकमा अनिता अर्याल र विष्णु सापकोटा रहेका थिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।