रत्ननगर, असार ४ । चितवनको रत्ननगर- १० मा रहेको न्यू स्पिडी ईङ्गलिस बोर्डिङ्ग स्कुलमा प्रजातान्त्रीक प्रक्रियाद्वारा विद्यार्थीहरुले आफ्नो नेतृत्व चयन गरेका छन् ।
विद्यालयले निर्वाचन तथा सुपरिवेक्षण समिति गठन गरी मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, उम्मेदवारी उपर दावी विरोध, उम्मेदवारको अन्तिम नामावली प्रकाशन, प्रचार प्रसार समय र मौन अवधि, मतदान समय समेत गरि एक हप्ताको निर्वाचन तलिका प्रकाशन गरे अनुसार मंगलवार नमुना मतदान भई आज (बिहीवार) नतिजा प्रकाशन गरेको हो ।
प्रमुख निर्वाचन अधिकृत झलक प्रसाद अधिकारीका अनुसार कक्षा १ देखि कक्षा १० सम्मकाले मतदान गरेकाछन् ।
हाउस क्याप्टेन, भाईस क्याप्टेन, हेड ब्वाई र हेड गर्ल लिडरमा प्रतिशप्रधा गर्ने कक्षा ६ देखि १० कक्षासम्म विद्यार्थी रहेका थिए । स्कुल हेड ब्वाय, स्कुल हेड गर्ल, ग्रीन हाउस हेड ब्वाय, ग्रीन हाउस हेड गर्ल, ब्लु हाउस हेड ब्वय, ब्लु हाउस हेड गर्ल, एल्लो हाउस हेड ब्वाय, एल्लो हाउस हेड गर्ल, रेड हाउस हेड ब्वाय, रेड हेड गर्ल, आईडिया क्लब, ईको क्लब, स्पोट्स क्लव, रेडक्रस अध्यक्षमा निर्वाचित भएको विद्यालयका प्राधानाध्यापक अर्जुन वहादुर थापाले जानकारी दिए ।
स्कुल हेड ब्वायमा अमिस मजाकोटी र स्कुल हेड गर्ल तर्फ रोबी आचार्य विजयी भएका छन् । यस्तै ग्रीन हाउस हेड ब्वायमा सफल आचार्य र ग्रीन हाउस हेड गर्लमा सम्पदा पौडेल, ब्लु हाउस हेड ब्वयमा रोबिन आचार्य, ब्लु हाउस हेड गर्लमा रिदिमा थापा, एल्लो हाउस हेड ब्वायमा इशान राई, एल्लो हाउस हेड गर्लमा अबिसा पौडेल, रेड हाउस हेड ब्वायमा दिप्सन ढकाल, रेड हेड गर्लमा न्यान्सी कुमारी, आईडिया क्लबको अध्यक्षमा गिरिश खतिवडा, ईको क्लबका अध्यक्षमा निरोज अधिकारी, स्पोट्स क्लवको अध्यक्षमा अनमोल थापा मगर, रेडक्रसकी अध्यक्षमा स्वस्तिका थापा मगर बिजयी भएको विद्यालय सञ्चालक समितिका अध्यक्ष तथा शिक्षक डिल्लिराम पोखरेलले जानकारी दिए ।

यसै क्रममा विद्यालयले प्रत्येक वर्ष यसैगरी मतदानद्वारा विद्यार्थीहरुको नेतृत्व चयन गर्ने र विद्यार्थीको शैक्षिक गुणस्तरमा थप टेवा पुग्नुका साथै, यस्ले लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचनको व्यवहारिक अभ्यास भई विद्यार्थीहरुमा नेतृत्व गर्न सक्ने क्षमताको विकास भएको पोखरेलले जानकारी दिए ।








