शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

इरान-इजरायल युद्ध : दुई सय २४ इरानीको मृत्यु, तेहरान छाड्नेको भीड

Share:
245

तेहरान, असार २ । शुक्रबारदेखि सुरु भएको इजरायल र इरानको युद्धले दुवै पक्षको थप क्षति भएको छ। आइतबार राति इजरायली आक्रमणका कारण इरान रेभुलेसनरी गार्डका गुप्तचर प्रमुख मोहम्मद काजेमीको ज्यान गएको छ।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार यता दुई सय २४ जना इरानीको ज्यान गएको छ। तेहरानमा सबैले सहर छाड्न थालेका छन्। सहर छोड्नेको संख्याले त्यो क्षेत्रमा मानिसको भीड बढेको छ।

यसैगरी, हाइफा र तेल अभिभमा भएको इरानको आक्रमणबाट १० जना भन्दा बढी इजरायली घाइते भएका छन्।

शुक्रबार इजरायलले इरानको आणविक केन्द्र, सैन्य संरचना तथा मानव बस्ती भएको क्षेत्रमा नै प्रहार गरेपछि शनिबार इरानले बालिस्टिक मिसाइलको प्रहार सुरु गरेको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामका लागि दुवै पक्षलाई आह्वान गरेका छन्। क्यानडामा जी–७ बैठक सकेर फर्कने क्रममा पत्रकारसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन्।

इरानले आक्रमण भइरहेको समयमा वार्ता सम्भव नहुने बताएको छ। इरानले कतार र ओमानका मध्यस्थ कर्तासँग सो कुरा बताएको रोयटर्सले उल्लेख गरेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आक्रमणको लक्ष्य अन्य नभएर आणविक हतियार बनाउनबाट रोक्नु भएको बताएका छन्। इरानले गरेको आक्रमणबाट १० जना इजरायलीको ज्यान गएको दाबी गरिएको छ। इजरायल र इरान युद्धका कारण सोमबार पनि विश्व बजारमा तेलको मूल्य बढेको छ। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।