शुक्र, माघ ९, २०८२
Search
शुक्र, माघ ९, २०८२

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

Share:
170

काठमाडौं, असार २ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ४४ पैसा र बिक्रीदर १३८ रुपियाँ ०४ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १५८ रुपियाँ ७८ पैसा र बिक्रीदर १५९ रुपियाँ ४७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपियाँ ४४ पैसा र बिक्रीदर १८७ रुपियाँ २६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपियाँ ४२ पैसा र बिक्रीदर १७० रुपियाँ १६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ १७ पैसा र बिक्रीदर ८९ रुपियाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ १७ पैसा र बिक्रीदर १०१ रुपियाँ ६२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ २४ पैसा र बिक्रीदर १०७ रुपियाँ ७० पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५४ पैसा र बिक्रीदर नौ रुपियाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १४ पैसा र बिक्रीदर १९ रुपियाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ६२ पैसा र बिक्रीदर ३६ रुपियाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ७१ पैसा र बिक्रीदर ३७ रुपियाँ ८७ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २४ पैसा र बिक्रीदर चार रुपियाँ २६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ४२ पैसा र बिक्रीदर ३७ रुपियाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ३७ पैसा र बिक्रीदर ३२ रुपियाँ ५१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०६ पैसा र बिक्रीदर १० रुपियाँ १० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ५० पैसा र बिक्रीदर १४ रुपियाँ ५७ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ २९ पैसा र बिक्रीदर २१ रुपियाँ ३८ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५१ पैसा र बिक्रीदर १७ रुपियाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपियाँ १५ पैसा र बिक्रीदर ४५१ रुपियाँ ११ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपियाँ ४७ पैसा र बिक्रीदर ३६६ रुपियाँ ०६ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपियाँ ९४ पैसा र बिक्रीदर ३५८ रुपियाँ ५० पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।